19.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishमृत्यु हुनेको संख्या २ पुग्यो , ३ जना गम्भिर घाइते

मृत्यु हुनेको संख्या २ पुग्यो , ३ जना गम्भिर घाइते

पाँचथर । विहिवार  पाँचथरका विभिन्न ठाँउमा  लागेकाे आगलागि र डडेलोका कारण मुत्यु हुनेको संख्या २ पुगेको छ । मुत्यु हुनेमा कुम्मायक गाँउपालिका–३ की  २२ बर्षिय प्रतिमा सम्बाहाफे र फिदिम १४ की  ४७ बर्षिय उषा नेम्बाङ राई रहेका छन् । सम्बाहाफेको उपचारका लागि धरान लादै गर्दा धनकुटाको भेडेटार पुग्दा मृत्यु भएको थियो । सम्बाहाफे कुम्मायककाे   ताम्राखु भन्ने  जंगलमा लागेको आगोमा परि घाईते भएकि थिइन ।

यस्तै, फिदिम नगरपालिका–१३ र १४ को सिमानाको बनमा लागेको डडेलोमा परेकी ४७ बर्षिय उषा नेम्बाङ राईको पनि उपचारको लागी काठमाण्डौ लादै गर्दा बाटोमा मृत्यू भएको उनको पारिबारीक स्रोत जानकारी दिएका छन् ।
गम्भिर घाईते भएकी उषालाई उपचारको लागी काठमाण्डौ लादै गर्दा सिन्धुलीमा मृत्यु भएको बताइएको छ । दाउँरा लिएर घर फर्किदै गर्दा उनलाई डडेलोले भेटेको थियो । उनको पाँचथर जिल्ला अस्पतालमा उपचार सम्भव सुबिधा सम्पन्न अस्पचालमा पठाइएको थियो ।

डडेलोमा परी घाइते रहेका बर्ष २८ कि सविना सम्बाहाफे, ११ बर्षिय शिवाना सम्बाहाफे र ६० कि निरमाया सम्बाहाफेलाई उपचारका लागि विपि मेमोरीय अस्पताल धरान पुर्‍याइएको छ । उनीहरुको अवस्था गम्भिर छ । सोहि ठाँउको डडेलो निभाउन गएका ३१ बर्षिय खगेन्द्र विक लडेर घाईते भएका छन् ।
विहिवार दिनभर पाँचथरका विभिन्न ठाँउमा आगलागि र डडेलोका घटना भएका छन् । केहि दिन यता जिल्लाका विभिन्न ठाँउमा डडेलो लागेको डिएसपि बुढाथोकिले जानकारी दिए । जंगलमा आगो लगाउने तिन जनालाई पक्राउ गरि कानुनी काार्बाहि अघि बढाइएको उनले बताए ।



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments