20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठमलेसियामा राष्ट्रिय सोनाम ल्होछार भव्यताका साथ मनाउँदै

मलेसियामा राष्ट्रिय सोनाम ल्होछार भव्यताका साथ मनाउँदै

आर डि क्रीएशन/ १०ज जनवरी, कुवेत। मञ्जुश्री संवत २८५४, औं सोनाम ल्होछार (खि) नागी ल्हो लाई बिदाई गर्दै २८५५,औं सोनाम ल्होछार (फाग्) ल्हो सुंगुर ल्हो लाई पछ्याउदै तामाङ जातीको महान पर्व सोनाम ल्होछार तामाङ समाज मलेसिया,नेपाल म्हार म्हेन्दो तामाङ कलाकार संघ मलेसिया र तामाङ समाज क्षेत्रीय समिती पेनाङको संयुक्त आयोजनामा भब्यताका साथ मनाउने भएको छ !

कार्यक्रममा नेपाल बाट आमन्त्रित राष्ट्रिय कलाकारहरु गायक तथा संगीतकार संजीव वाईबा तामाङ,नेपाली तारा गायक सुरेश स्याङ्बो तामाङ,गायक तथा संगीतकार प्रयास दोङ तामाङ,नायिका सुष्मा मोक्तान तामाङ गायिका सुजना रुम्बा तामाङ साथमा म्हेन्दोमाया बरिष्ट गायिका, संगीतकार तथा रचनाकार मिना थोकर तामाङ को बेजोड प्रस्तुतिको साथमा आउदो फेब्रुअरी ५,तारिखको दिन मलेसियाको मुख्य शहर क्वालालम्पुर स्थित एरेना स्टार होटलमा कार्यक्रम आयोजना गर्न लागेको साथै स्थानिय कलाकारहरुको पनि विशेष प्रस्तुती रहने आयोजक समितीले जानकारी दिनु भयो।

मलेसियामा रहेका तामाङ हरु एक हुनु पर्छ,
हाम्रो हृम,ठिम हामी आफैले सजाउनु पर्छ,
यो हाम्रो कर्तव्य लाई हामीले पालना गर्नै पर्छ,
ल्होछार हाम्रो चाड हो भनेर दुनियाँसामु चिनाउनै पर्छ,
जहाँ हामी एक हुन्छ त्यहाँ समस्याको समाधान हुनै पर्छ,
अनि मात्र जहाँ तामाङ त्यहाँ तामाङको चिनारी हुन्छ र हुनै पर्दछ भन्दै सम्पुर्ण तामाङहरु एक हौ,
हाम्रो भाषा,धर्म,सस्कृती लाई जगेर्ना गरौ भन्ने मुल नाराको साथ तामाङ समुदायको महान चाड मन्जुश्री संवत २८५५,औं फाग ल्हो(सुंगर वर्ग) सोनाम ल्होछार लाइ मनाउन लागेको आयोजक समितिले जानकारी दिएको छ !

विगत १५,वर्ष देखि निरन्तर मलेसियामा कार्यरत तामाङहरु एकजुट भएर स्वदेशमा मात्रै नभै विदेशमा पनि हामी एक हौं भन्ने विश्व सामु एकताको संदेश छर्न संयुक्त रुपमा ल्होछार मनाउन लागेको हो।

- Advertisement -

आयोजक समितिले विशेष गरि मलेसियामा कार्यरत सम्पुर्ण तामाङ समुदाय हरुमा र सम्पुर्ण नेपाली हरुमा हाम्रो भाषा,धर्म,सस्कृती लाई जगेर्ना गर्नको निम्ति फेब्रुअरी ५,तारिखको दिन क्वालालम्पुर स्थित एरेना स्टार होटलमा उपस्थिति भै ल्होछार लाई भव्यताका साथ सम्पन्न गराईदिनु हुनको निम्ति हार्दिक अनुरोध गर्दछौं !

विजय धामी
विजय धामीhttps://news.kuwait-nepal.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments