25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियभक्तपुर हिसान कपको उपाधि केडब्लूएसलाई « News of Nepal

भक्तपुर हिसान कपको उपाधि केडब्लूएसलाई « News of Nepal


काठमाडौं ।
भक्तपुर हिसानद्वारा आयोजित कक्षा ११ र १२ स्तरीय अन्तर विद्यालय फुटसल प्रतियोगिताको उपाधि काठमाडौं वल्र्ड स्कुल (केडब्लूएस)ले जितेको छ ।

भक्तपुर जिल्लाभित्रका आठओटा विद्यालयका १३ ओटा छात्र टिमले प्रतियोगितामा भाग लिएका थिए । छात्रतर्फ विनायक स्कुलमाथि केडब्लूएसले १–० को नतिजासहित उपाधि हात पा¥यो ।

यसै गरी छात्रातर्फ ८ ओटा विद्यालयका ९ओटा टिम सहभागी थिए । छात्रातर्फकोे उपाधि जनप्रेमी वल्र्ड स्कुल(जेडब्लूएस)ले हात पारेको छ । उसले टाइब्रेकरमा केडब्लूएसमाथि ३ –१ को नतिजासहित उपाधि हात पारेको हो ।

उपाधि वितरण हिसानका केन्द्रीय अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव रमेश सिलवालले गर्नुभएको थियो भने विशेष अतिथि भक्तपुर हिसानका अध्यक्ष अनिल कसपालले पनि सहभागीहरूलाई मेडल एवं प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

- Advertisement -




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments