20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियब्रिटिश प्रहरीले २.४ टन कोकिन जफत गरे, यो दशकको ठूलो ड्रग पक्राउ...

ब्रिटिश प्रहरीले २.४ टन कोकिन जफत गरे, यो दशकको ठूलो ड्रग पक्राउ मध्ये एक

ब्रिटिश प्राधिकरणले पनामाबाट इङ्ल्यान्ड आइरहेको जहाजबाट २.४ मेट्रिक टन कोकिन जफ्त गरेको घोषणा गरेको छ। यो पक्राउ गत केही वर्षमा बेलायतमा भएको ठूलो ड्रग पक्राउ मध्ये एक हो।

लन्डन गेटवे बन्दरगाह (लन्डनको पूर्वी भाग) मा रहेको जहाजको कन्टेनरमुनि यो ड्रग भेटिएको हो। ब्रिटिस गृह मन्त्रालय (होम अफिस) का अनुसार, यो अहिलेसम्मको छैठौं ठूलो कोकिन पक्राउ हो। यसको बजार मूल्य ९६ मिलियन पाउण्ड (१३२ मिलियन अमेरिकी डलर) रहेको छ।

यो ड्रग पक्राउ गुप्तचर विभागको सूचना अनुसार भएको हो। यूके बोर्डर फोर्स मेरिटाइम निर्देशक चार्ली इस्टाफले भने, “यो पक्राउले देखाउँछ कि कसरी हामी अपराधी समूहहरूलाई एक कदम अगाडि रहेर असफल पार्छौं। हाम्रो सन्देश अपराधीहरूलाई स्पष्ट छ – हामी अन्तर्राष्ट्रिय सहयोग र खुफिया सूचनाको प्रयोग गरेर तपाईंहरूको अपराधिक योजनाहरू ध्वस्त पार्ने छौं।”

नेशनल क्राइम एजेन्सीका अनुसार, बेलायत युरोपको सबैभन्दा ठूलो कोकिन बजार मध्ये एक हो। बेलायत सरकारले सार्वजनिक गरेको तथ्यांक अनुसार, इङ्ल्यान्ड र वेल्समा कोकिन प्रयोगले हुने मृत्यु संख्या २०२२ देखि २०२३ सम्म ३१% ले बढेको छ।

विजय धामी
विजय धामीhttps://news.kuwait-nepal.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments