19.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishप्रधानमन्त्रीको स्वागतमा पुगिन् रेनु, ओलीले सोधे–‘छोरी सन्चै छौँ?’

प्रधानमन्त्रीको स्वागतमा पुगिन् रेनु, ओलीले सोधे–‘छोरी सन्चै छौँ?’

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार चितवनमा छन्। जहाँ उनी एकै दिन तीन वटा कार्यक्रममा सहभागी हुँदै छन्। प्रधानमन्त्री ओलीसँग उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, भौतिक योजना तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहाल पनि टोलीमा छन्।

ओलीले चितवनमा बिहान इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गरेका छन् भने त्यसपछि नारायणगढ बजारमा निर्माण गरिएको ६ लेनको सडक उद्घाटन गरेका छन्। त्यसपछि नेकपा एमालेको भरतपुर महानगरपालिका कमिटीको अधिवेशन कार्यक्रम उद्घाटन गरेर फर्किने उनको कार्य तालिका छन्।

प्रधानमन्त्री ओली चितवन पुग्दा हेलिकप्टरमार्फत विमानस्थलमा ओर्लिएका थिए। जहाँ प्रधानमन्त्री ओलीको स्वागतका लागि यसपटक भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल पनि उपस्थित थिइन। रेनु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी हुन्।

- Advertisement -

रेनुले आफ्नो नगरमा आएका प्रधानमन्त्री ओलीलाई पुष्प गुच्छाले स्वागत गर्दा प्रधानमन्त्री ओलीले ‘छोरी सन्चै छौँ?’ भनेर सोधेको सुन्नेहरूले जनाएका छन्।

यसअघि ६ लेन सडकको २०७७ माघ १७ गते ओलीले नै शिलान्यास गरेका थिए। त्यति बेला एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को समय थियो। तर, नेकपाभित्र विवाद चरम अवस्थामा थियो।

त्यसकै कारण २०७७ पुस ५ गते ओलीले पहिलो पटक संसद् विघटन गरेका थिए। जसविरुद्ध दाहाल, माधवकुमार नेपाल लगायतका नेताहरू विरोधमा थिए।

यही बेला ओली सडक शिलान्यास गर्न पुग्दा तत्कालीन अवस्थामा पनि भरतपुर महानगरको मेयर रहेकी रेनु भने सहभागी थिइनन्।

अहिले उद्घाटन कार्यक्रममा भने उनी सहभागी मात्र भइनन्। पूर्ण रूपमा राजनीतिक संस्कार प्रदर्शन गर्दै समारोहमा स्वागत मन्तव्य पनि दिएकी छन्।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments