20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठपाँचथरसहित यी क्षेत्रमा आकस्मिक बाढीको जोखिम

पाँचथरसहित यी क्षेत्रमा आकस्मिक बाढीको जोखिम


पाँचथर ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ।

यसले गर्दा देशभर साधारणतया बदली रहेको छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको बहाव सतर्कता तह भन्दा तल रहेको छ ।आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, सङ्खुवासभा, सोलुखुम्बु, रामेछाप, भोजपुर, खोटाङ, ओखलढुङ्गा, रसुवा, सिन्धुपाल्चोक, दोलखा, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ, लमजुङ, रोल्पा, गुल्मी, डडेलधुरा, कैलाली, कञ्चनपुर, र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ ।

- Advertisement -

साथै इलाम, झापा, धनकुटा, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक, नुवाकोट, धादिङ, सिन्धुली, मकवानपुर, स्याङ्जा, गोरखा, दाङ, बाँके, सुर्खेत, बर्दिया, डोटी, अछाम, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ ।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments