19.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठपाँचथरमा पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तालिम सुरु

पाँचथरमा पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तालिम सुरु

पाँचथर : नेपाल पत्रकार महासंघ पाँचथरको आयोजनामा “पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग” विषयक तीन दिने प्रशिक्षण बिहीबार पाँचथरको सदरमुकाम फिदिममा सुरु भएको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको सहयोगमा यो प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो। नेपाल पत्रकार महासंघ पाँचथर शाखाको हलमा सञ्चालित प्रशिक्षणमा ३५ जना पत्रकारहरू सहभागी छन्। तालिमका सहभागीहरूलाई पत्रकार जीवन भण्डारीले सहजीकरण गरिरहेका छन्।

शाखा अध्यक्ष भीम बाँस्कोटाको अध्यक्षतामा सञ्चालित प्रशिक्षणको उद्घाटन नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लवदेव ढुङ्गानाले गरेका हुन्। उद्घाटन अवसरमा निवर्तमान अध्यक्ष गिरिराज बाँस्कोटा, पूर्वअध्यक्ष लक्ष्मी गौतम लगायतले आफ्ना विचार राखेका थिए।

यस प्रशिक्षणका माध्यमले स्थानीय पत्रकारहरूलाई डिजिटल युगमा एआई प्रविधिको उपयोग, समाचार लेखन, फ्याक्ट-चेकिंग, र डाटा पत्रकारिता जस्ता विषयहरूमा जानकारी दिइने अपेक्षा छ।

विजय धामी
विजय धामीhttps://news.kuwait-nepal.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments