
काठमाडौं । फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटीएफ) ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मा राखेको छ ।
वित्तीय अपराध, सम्पत्ति शुद्धीकरण, सहकारी समस्या र कानून कार्यान्वयनमा उदासीनता भएको भन्दै एफएटीएफले नेपाललाई उक्त सूचीमा राखेको हो ।

एफएटीएफले विश्वभर हुने सम्पत्ति शुद्धीकरण, आतंकवाद फन्डिङ, लागूऔषध ओसारपसारजस्ता विषयमा सूक्ष्म निगरानी राख्छ ।
नेपाल ‘ग्रे लिस्ट’मा परेपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्धारित समय अगावै ‘ग्रे लिस्ट’बाट बाहिर निस्कने बताएका छन् ।
उनले भने, ‘विगतमा निर्धारित समयमा निर्धारित काम सम्पन्न गर्न नसक्दा यो परिस्थिति निर्माण भएको हो । पेरिस बैठकबाट नेपालको एक्सन प्लान स्वीकृत भएको छ । एक्सन प्लान अनुसार प्रभावकारी रुपमा काम गरेर हामी निर्धारित समय अगावै ‘ग्रे लिस्ट’बाट बाहिर निस्कन्छौं ।’




