25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियनेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा माग भन्दा ९.५५ गुणा बढी आवेदन , बिहीवारसम्म...

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा माग भन्दा ९.५५ गुणा बढी आवेदन , बिहीवारसम्म आवेदन दिन पाउने



काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन ११ गते देखि निष्कासन गरेको आईपीओमा मंगलवारसम्ममा माग भन्दा ९ दशमलव ५५ गुणा बढी आवेदन परेको छ ।

 सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार मंगलवार बेलुका ५ः६ बजे सम्ममा १३ लाख ५३ हजार ४२६ जना आवेदकले रू. १ अर्ब ७६ करोड २९ लाख ३० हजार बराबरको आवेदन दिएका हुन । 

- Advertisement -

कम्पनीको आईपीओमा फागुन १५ गते सम्म आवेदन दिन पाइनेछ । कम्पनीले फागुन ११ गते देखि देखि १८ लाख ४५ हजार कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गरेको हो । न्यूनतम १० कित्ताका लागि आवेदन दिन पाउनेछन् भने अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले मेरो शेयर मार्फत आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन् । 

 


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments