25.1 C
Kathmandu
Wednesday, April 29, 2026
spot_img
Homeखेलकुदनेपाल तामाङ घेदुङ कुवेतद्वारा बनभोजको आयोजना हुने।

नेपाल तामाङ घेदुङ कुवेतद्वारा बनभोजको आयोजना हुने।

राम्रो दृष्टि/ १६ अक्टोबर, कुवेत। नेपाल तामाङ घेदुङ कुवेतद्वारा यहीँ आउदो अक्टोबर २१/२२ तारीख २०२१ का दिन कुवेत को ओफ्रामा बनभोज कार्यक्रमको आयोजना गरेको छ ।

बिगत २ बर्षयता विश्व नै कोरोना महामारीको चपेटामा परेपछि लामो समय सम्म नेपाल तामाङ घेदुङ कुवेत परिवारको भेटघाट हुन नसकेको कारण नेपाल तामाङ घेदुङले बनभोज तथा पारिवारिक भेटघाटको आयोजना गरेको हो। कुवेतमा पछिल्लो समय कोरोनाको चाप घटेपछि भेटघाटमा सहज भएकोले घेदुङ परिवार भेटघाट तथा घेदुङको भाबी योजना बारे बृहत छलफल गर्न बनभोज कार्यक्रम को आयोजना गरिएको हो । कोरोना महामारीको सन्त्रासबाट मुक्त भैरहेको यो समयमा घेदुङ परिवार भेटघाट गरि खुसि साटासाट गर्न र लामो समय देखी भौतिक रुपमा भेटघाट गरि बैठक बस्न नपाइएकोले भाबी दिनहरूमा घेदुङ लाई कुवेत मा सकृय रुपमा अघि बढाउन को निम्ति घेदुङ परिवार भित्र व्यापक छलफलको निम्ति साथै कुवेत मा श्रम गरिरहेका तामाङ दाजुभाइ तथा दिदिबहिनीहरुलाइ एक ढिक्का पारी परिचयात्मक एबम भ्रातृत्व/भगिनित्व सम्बन्धलाई कायाम गर्न बनभोज कार्यक्रम को आयोजना गरिएको घेदुङका अध्यक्ष सुरेश ग्याबा तामाङले जानकारी गराउनुभएको छ साथै कुवेत मा रहनु भएका तामाङ ज्यो ज्यो आले नाना आङाहरुलाइ सहभागीताको लागि समेत अनुरोध गर्नु भएको छ ।

बनभोज कार्यक्रम कुवेत सिटि भन्दा केहि पर को बस्ती ओफ्रामा यहीँ आउदो सेप्टेम्बर २१ तारिख बिहिवार बेलुका ६ बजे देखी भोलिपल्ट २२ तारिख शुक्रबार दिउँसो ४ बजेसम्म रहनेछ । बनभोज कार्यक्रम को लागि कुवेत को जीलिब, महाबुल्ला, साल्मिया, फर्वानिया र केहि ठाउँ बाट गाडीको ब्यबस्था हुनेछ र कार्यक्रम को तयारी अन्तिम चरणमा पुगेको छ, कार्यक्रम संयोजक अर्जुन तामाङले जनाउनु भएको छ । साथै बनभोज कार्यक्रममा सहभागी हुन चाहनुहुनेहरुले नेपाल तामाङ घेदुङ कुवेतका पदाधिकारीहरुलाइ सम्पर्क गर्न सक्नुहुनेछ साथै कार्यक्रम संयोजक अर्जुन तामाङ लाई 66035133 मा सम्पर्क गर्न को लागि समेत जानकारी गराउनु भएको छ ।

नेपाल तामाङ घेदुङ कुवेत को आयोजनामा हुन गइरहेको बनभोज कार्यक्रम कोरोना महामारी पछि को पहिलो कार्यक्रम हो । कुवेत मा श्रम गरिरहनु भएका तामाङ ज्यो ज्यो आले नाना आङाहरुको बाक्लो उपस्तिथि रहने कुरामा नेपाल तामाङ घेदुङ कुवेत बिस्वस्त छ ।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://news.kuwait-nepal.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments