19.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियनेताहरूकै शासन शैलीले गणतन्त्र संकटमा छ, पूर्वराजाबाट होइन : कांग्रेस नेता पोखरेल

नेताहरूकै शासन शैलीले गणतन्त्र संकटमा छ, पूर्वराजाबाट होइन : कांग्रेस नेता पोखरेल


काठमाडौँ : नेपाली कांग्रेसका नेता डा. गोविन्दराज पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहका कारण वर्तमान संघीय शासन प्रणालीमा कुनै खतरा नरहेको बताएका छन्। उनले नेताहरूको शासन शैलीका कारण व्यवस्थामाथि संकट आउन सक्ने उल्लेख गरेका हुन्।

‘हाम्रै कार्यशैलीबाट मात्रै हामीलाई खतरा छ। हामीले गरेको विकासबाट पनि खतरा छैन। हामीले विकासको व्यवस्थापन गर्न नजानेर शासकीय शैली गलत अपनाएका कारण यो व्यवस्थाप्रति खतरा आएको हो,’ एक टेलिभिजन शोमा कुराकानी गर्दै उनले भने, ‘व्यवस्था तब खतरामा हुन्छ जब शासन गर्नेहरूसँग जनता आजित हुन्छन्। राजतन्त्र किन फालियो? राजाले शासन लिए, जनताले मन पराएनन्, फाले। जब शासकले जनताको हितमा शैली अपनाउँदैन, दम्भ राख्छ, हामी नै राज्य हौं भन्ने हिसाबले जान्छ, तब व्यवस्था खतरामा पर्छ।’

उनले एक्समा भिडियो साझा गर्दै लेखेका छन्, ‘माओवादीसँग सेना थियो, सरकारलाई सदरमुकाम र राजधानीमा कैद गरेको थियो, तर बहुदलीय व्यवस्था मास्न सकेन। त्यसैले राजतन्त्रको समर्थनमा जुलुस निस्कँदैमा गणतन्त्र खतरामा छैन। ऐनाको धूलो पुछेर अनुहार सफा हुँदैन, कुरा त्यही हो। जे अर्थ लगाए पनि हुन्छ।’

- Advertisement -

उनले थपे, ‘जहाँसम्म परम्पराको कुरा छ, भारतमा गणतन्त्र आएको ७८ वर्ष भयो, तर जयपुर, ग्वालियरलगायत ठाउँका पुराना राजा र तिनका खानदानलाई महाराज, प्रिन्स भन्ने प्रचलन छ, जबकि उनीहरूको कानुनी हैसियत छैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments