23.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियनिजामती कर्मचारी संगठनको ३४ वर्षे इतिहासमा पहिलो महिला अध्यक्ष बनिन् भवानी

निजामती कर्मचारी संगठनको ३४ वर्षे इतिहासमा पहिलो महिला अध्यक्ष बनिन् भवानी


काठमाडौं ।

निजामती क्षेत्रको सबैभन्दा ठुलो ट्रेड युनियनको रूपमा रहेको नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा भवानी न्यौपाने दाहाल सर्वसम्मत रूपमा चयन भएकी छिन् ।

दाहालले संगठनको ३४ वर्षे इतिहासमा पहिलो महिला अध्यक्षको रेकर्ड बनाउन सफल भएकी हुन् । एमाले निकट मानिने नेपाल निजामती कर्मचारी संगठन २०४७ साल वैशाख ७ गते स्थापना भएको थियो । त्यसदेखि हालसम्म आउँदा संगठनले दाहाल सहित १६ अध्यक्ष पाएको छ । यसअघिका १५ जनानै पुरुष अध्यक्ष रहँदै आएकोमा हालै सम्पन्न १२ औ महाधिवेशनले दाहाललाई सर्वसम्मत अध्यक्ष चयन गर्दै पहिलो महिला अध्यक्षको रेकर्ड बनाएको हो ।

यसै गरी संगठनको वरिष्ठ उपाध्यक्षमा रेवन्त गौतम र प्रभाष शाह चुनिएका छन् । यस्तै उपाध्यक्षहरुमा कृष्णबहादुर केसी, युवाचन्द्र घिमिरे, विष्णु प्रसाद अर्याल तथा महिला उपाध्यक्षमा विजयालक्ष्मी सुवेदी चयन भएकी छन् । यसै गरी महासचिवमा रामचन्द्र अधिकारी(आरसी) चयन भएका छन् भने उपमहासचिवमा वामदेव ओली, सूर्य बहादुर कुँवर, र महिला उपमहासचिवमा कमला दाहाल चुनिएका छन् ।

- Advertisement -

सचिवहरूमा राज बहादुर पछाई, तेज प्रकाश भण्डारी, ओमबहादुर कठायत, गोविन्द अधिकारी तथा महिला सचिवमा देवी पराजुली चयन भएका छन् । सम्पन्न १२ औ महाधिवेशनले १९ सदस्यीय पदाधिकारी सहित १६४ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको नवनिर्वाचित महासचिव रामचन्द्र अधिकारी(आरसी) ले जानकारी दिए ।

जारी रहँदा नयाँ नेतृत्व लिन रस्साकस्सी चलेको छ । बुधवार देखि काठमाडौँको सभागृहमा सुरु भएको सो महाधिवेशनले आगामी ३ वर्षको लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

त्यसका लागि देशभरबाट झन्डै १ हजार प्रतिनिधिहरू काठमाडौँमा जम्मा भएका छन् । सो महाधिवेशनको बुधवार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्न आग्रह गरेका थिए तर यतिखेर नेतृत्व लिन संगठनकै पुर्व उपाध्यक्षहरु भवानी दाहाल र रेवन्त गौतमबिच रस्साकस्सी चलिरहेको छ ।

दुबै जनाले आफूहरू लामो समय देखि ट्रेड युनियन हक अधिकार स्थापित गर्ने लडाइमा सक्रिय रहनुका साथै कर्मचारी हितमा निरन्तर समर्पित हुँदै आएकाले आफूले नेतृत्व पाउनु पर्ने दाबी गर्दै आइरहेका छन् । कर्मचारी संगठनका अग्रजहरूले सर्वसम्मत रूपमा नेतृत्व चयनको प्रयास गर्दै आइरहेता पनि हालसम्म सहमति हुने सम्भावना देखिएको छैन । दाहाल र गौतम दुवैले आ आफ्नो जीत सुनिश्चित रहेको दाबी गरिरहेका छन् । एमाले निकट मानिएको सो संगठनको नयाँ नेतृत्व चयनका लागि पार्टीले आन्तरिक रूपमा सर्वसम्मत गराउने प्रयास गरिरहेको बताइएको छ ।

सर्वसम्मत हुन नसके निर्वाचनमा नै जानु पर्ने माग समेत प्रतिनिधिहरूले उठाउन थालेका छन् । प्रधानमन्त्री समेत रहनु भएका एमाले अध्यक्ष ओलीले उद्घाटनका क्रममा सर्वसम्मत गर्न सुझाव दिएकाले प्रतिनिधिहरूलाई मनोवैज्ञानिक दबाब परेको छ । यद्यपि सर्वसम्मत हुन नसके लोकतान्त्रिक पद्धति अनुसार निर्वाचनमा समेत जान सकिने भन्दै प्रतिनिधिहरूले निर्वाचनलाई पनि खुला राख्नुपर्ने माग गरिरहेका छन् । निजामती क्षेत्रको सबैभन्दा ठुलो ट्रेड युनियन भएकाले नेतृत्वमा को आउँछ भन्नेमा सिंगो प्रशासनिक क्षेत्रले समेत ठुलो चासो र कौतुहलताका साथ हेरिरहेको बताइएको छ ।

अध्यक्षका दुवै उम्मेदवार दाहाल र गौतमले आ आफ्नो एजेन्डा प्रस्तुत गर्दै आफूलाई नेतृत्वमा पु¥याउन आग्रह गर्दै आइरहेका छन् । दाहालले नयाँ पुस्ताको आखाबाट हेर्ने गरी संगठनको गौरवपूर्ण इतिहासलाई बचाउँदै अझै यसलाई नयाँ उचाइमा पु¥याउने लक्ष्य पेस गरेका छन् । उनले आफूले नेतृत्व पाएमा भ्रष्टाचार नियन्त्रणमा विशेष भूमिका खेल्ने र संगठनलाई सेवाग्राहीमैत्री कर्मचारी संगठनको रूपमा स्थापित गर्ने बताउनुभयो । यसै गरी आम कर्मचारीको सामाजिक र पेशागत सुरक्षामा अविचलित भएर लागिरहने तथा संघीय निजामती सेवा ऐन ल्याउने विषयलाई उच्च प्राथमिकतामा राख्ने उहाँको प्रतिबद्धता छ । यसै गरी अध्यक्षका अर्का प्रत्याशी गौतमले सामाजिक सञ्जाल मार्फत केही एजेन्डाहरू सार्वजनिक गरेका छन् ।

जसमा उनले पारदर्शी कार्यशैली अवलम्बन गरी संगठनलाई सामूहिक नेतृत्वको भावना विकास गराउने, व्यावसायिकता सिर्जनशीलता र गतिशीलता सहितको सुदृढ संगठन निर्माण गर्ने, निजामती सेवाप्रतिको सम्मान र गौरव अभिवृद्धि गर्ने, संगठनलाई सूचना तथा प्रविधिमैत्री , सुशासनयुक्त र वैचारिक संठगनको रूपमा विकास गराउने लगायतका छन् ।
प्रत्याशी दुई अध्यक्ष मध्ये एक जनालाई वरिष्ठ उपाध्यक्षमा राखी अर्का एकलाई अध्यक्ष बनाएर सर्वसम्मत नेतृत्व चयन गर्न प्रतिनिधिहरूबाट दबाब परिरहेको बुझिएको छ ।

नेतृत्वको लागि रस्साकस्सी भइरहँदा वर्तमान शासकीय स्वरूपमा देखिएका विकृति र चुनौतीसँग भिडेर सुशासन कायम गर्न सक्ने, संघीय निजामती सेवा ऐन ल्याउन सशक्त पहलकदमी लिन सक्ने , सम्पूर्ण संगठन प्रेमीको मनोभावनालाई आत्मसात् गर्न सक्ने, ट्रेड युनियन माथि लागेका आरोपलाई चिर्न सक्ने, संगठनलाई थप शक्तिशाली बनाउन सक्ने र आवश्यकता अनुसार राजनीतिक तथा प्रशासनिक नेतृत्वसँग कुशलतापुर्वक सौदाबाजी गरी आम कर्मचारीको हित अभिवृद्धि गर्न सक्ने ल्याकत भएकालाई नेतृत्वमा ल्याउनुपर्ने माग केन्द्रीय प्रतिनिधिहरूले गरिरहेका छन् ।

आधिकारिक ट्रेड युनियनको पहिलो निर्वाचनमा अध्यक्षमा जीत हासिल गरी इतिहास राख्न सफल भएको नेपाल निजामती कर्मचारी संगठन २०४७ साल वैशाख ७ गते स्थापना भएको थियो ।त्यस पछि ११ औ महाधिवेशनसम्म आउँदा संगठनले १५ जना अध्यक्ष पाइसकेको छ । जारी १२ औ महाधिवेशनले १६ औ अध्यक्ष चयन गर्ने छ ।

संगठनका अनुसार हाल देशभरका गरी झन्डै ४० हजार कर्मचारीहरू यस संगठनमा आबद्ध छन् । झन्डै १ हजार केन्द्रीय प्रतिनिधिहरू नयाँ नेतृत्व चयनका लागि सभागृहमा भेला भएका हुन् । यस्तै संगठनको महासचिवका लागि रामचन्द्र अधिकारी , युवाचन्द्र घिमिरे, वामदेव ओली, कृष्ण केसी लगायतको चर्चा चलेको छ । उहाँहरू मध्ये एकले महासचिवमा बाजी मार्ने देखिएको छ ।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments