25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियनक्कली अध्यापन अनुमति पत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टाचार मुद्दा RD Creation

नक्कली अध्यापन अनुमति पत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टाचार मुद्दा RD Creation


काठमाडौं : सिरहाको धनगढीमाई नगरपालिका–९ चैनपुरमा रहेको महावीर माध्यमिक विद्यालय चैनपुरमा झुट्टा अध्यापन अनुमति पत्र पेस गरी सेवा गरेको अभियोगमा एक शिक्षकमाथि भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुट्टा अध्यापन अनुमति पत्र पेस गरी काम गरेको अभियोगमा शिक्षक टीकबहादुर मगरमाथि आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो।

आयोगका अनुसार उक्त विद्यालयको मावि तहमा नियुक्तिका लागि झुट्टा अनुमति पत्र पेस गरी भ्रष्टाचारजन्य कसुर गरेको भन्ने उजुरी निवेदनमा अनुसन्धान हुँदा निज टीका भन्ने टीकबहादुर मगरले निमावि तहको अध्यापन अनुमति पत्रलाई मावि तहको बनाइ पटकपटक झुट्टा कागजात पेस गरी राष्ट्रसेवक कर्मचारीको रूपमा ओहदा, लाभ र सुविधासमेत प्राप्त गरेका छन्।

- Advertisement -

आरोपित शिक्षकमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय माग दाबी गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments