25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियदुर्गा प्रसाईंको खातामा शंकास्पद कारोबार, सीआईबीले थाल्यो अनुसन्धान

दुर्गा प्रसाईंको खातामा शंकास्पद कारोबार, सीआईबीले थाल्यो अनुसन्धान


काठमाडौँ : काठमाडौँको तीनकुनेमा भएको राजावादीहरुको प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि अनुसन्धान थालेको छ। सीआईबीले आर्थिक विषयमा अनुसन्धान अगाडी बढाएको सीआईबीका निमित्त प्रमुख चन्द्रकुवेर खापुङले बताए।

प्रसाईंको खातामा अस्वभाविक शंकास्पद आर्थिक कारोबार देखिएपछि राष्ट्र बैंकले अनुसन्धानका लागि सीआईबीलाई पत्राचार गरेको थियो। सोही पत्रका आधारमा सीआईबीले अनुसन्धान गरिरहेको छ।

प्रसाईंलाई पक्राउ गरेरै अनुसन्धान गर्न सीआईबीले जिल्ला अदालतबाट पनि अनुमति लिइसकेको छ। प्रसाईं भने हाल जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन्। उनलाई तीनकुनेको घटनाका मुख्य योजनाकारका रुपमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

- Advertisement -

उनीमाथि राज्यविरुद्धको कसुरसँगै आपराधिक उपद्रव र संगठीत अपराधमा अनुसन्धान गर्न म्याद लिएको प्रहरीले ज्यान मार्ने उद्योगमा पनि अनुसन्धान गरिरहेको छ।

उनलाई भारतको आसामबाट प्रहरीले पक्राउ गरेर नेपाल ल्याएको थियो। पहिलो पटक १२ दिन म्याद थप गरेको प्रहरीले अब तीन दिनपछि पुनः म्याद थपका लागि अदालतमा उपस्थित गराउने तयारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments