23.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishदाहालको चाहना : कांग्रेस र एमालेले ८४ को चुनावमा गठबन्धन गरून्

दाहालको चाहना : कांग्रेस र एमालेले ८४ को चुनावमा गठबन्धन गरून्

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र राजनीतिक स्थायित्व र भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नसक्ने बताएका छन्।

शुक्रबार पोखरामा आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन गर्दै दाहालले सो कुरा बताएका हुन‍्। भेलामा उनले भने, ‘संविधान निर्माणको बेला नै हामीले केही ‘रिजर्भेसन’ राखेका छौँ। संविधान संशाेधन नै गर्ने हो भने हामी तयार छौँ। तर, कसका लागि, कसको पक्षमा? यो महत्वपूर्ण प्रश्न हो। हामी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र समानुपातिक निर्वाचन प्रणालीको पक्षमा छौँ। यसले मात्र राजनीतिक स्थिरता र सुशासन कायम गर्न सक्छ।’

भेलामा दाहालले २०८४ को निर्वाचनमा कांग्रेस र एमालेबीच गठबन्धन गर्न चुनौती दिए। उनले भने, ‘अहिले कांग्रेस र एमालेको गठबन्धन छ। उपनिर्वाचनमा पनि कांग्रेस-एमालेबीच गठबन्धन गरियो। उनीहरू २०८४ मा गठबन्धन गर्न चाहेका छन्। म चाहन्छु- उनीहरू मिलून्। हामी एक्लै जनतामा जान्छौँ। हामी जनताको तागतमा विश्वास गर्छौँ। जनतालाई मेरो अपील छ- तपाईँहरू एकताबद्ध हुनुस्, आफ्नो तागत देखाउनुस्।’

भेलामा अध्यक्ष दाहालले आफू उत्पीडित वर्ग र जातिको पक्षमा रहेको बताए। उनले भने, ‘हामीले उत्पीडित वर्ग, जाति र समुदायको पक्षमा संघर्ष गर्दै आएका छौँ। बीचमा हाम्रो वर्गपक्षधरता कमजोर भयो। अब फेरि वर्गतिर फर्किएर आन्दोलनको उठान गर्ने ठाउँमा छौँ। यसमा दह्रोसँग उभिन्छौँ।’

- Advertisement -

प्रकाशित: ९ फाल्गुन २०८१ १५:३७ शुक्रबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments