
काठमाडौं : भारतको मध्य प्रदेशस्थित जबलपुर चारगाउमा तीव्र गतिमा रहेको एक कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
यो घटना बिहीबारको हो, त्यहाँस्थित प्रहरी चौकी क्षेत्रमा तीव्र गतिमा रहेको कार नियन्त्रण बाहिर गई पुलको रेलिङ तोडेर नदीमा खसेको थियो । दुर्घटनामा अन्य दुई जना घाइतेसमेत भएका छन् । भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार चालकले अचानक तीव्र गतिमा रहेको गाडीको नियन्त्रण गुमाएका थिए । र पुलको रेलिङमा कार ठोक्किएपछि गाडी नदीमा खसेको थियो।


आईएएनएससँग कुरा गर्दै चारगवान प्रहरी चौकीका प्रमुख अभिषेक प्यासीले भने, ‘घटना साढे ३ देखि पौने चार बजेतिर भएको थियो। गाउँलेहरूले तुरुन्तै दुर्घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि प्रहरीको टोली घटनास्थलमा पुगेको तर कारमा सवार चार जनाको घटनास्थलमै मृत्यु भइसकेको अवस्थामा भेटिएको उनले सञ्चारमाध्यमहरूलाई भनेका छन् ।

दुई घाइतेलाई भने उपचारका लागि जबलपुर मेडिकल कलेज अस्पताल लगिएको थियो। घाइतेहरूको अवस्था गम्भीर भए पनि उनीहरू होसमा भएका समाचारहरूमा जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो





