20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठतमू समाज कुवैतले तमू ल्होसार डिसेम्बर ३० तारिक मनाउने

तमू समाज कुवैतले तमू ल्होसार डिसेम्बर ३० तारिक मनाउने

RD Creation/14 Sep, Kuwait। प्ये म्ह्स्याँ छ्या म्ह्मु, छ्या म्ह्स्याँ ल्हु म्ह्मु, ल्हु म्ह्स्याँ म्हि म्ह्मु अर्थात शास्त्र हराए संस्कृति हराउछ, संस्कृति हराए परम्परा हराउछ र परम्परा पनि हराए मानबको अस्तित्व नै हराउछ भन्ने मुल नाराका साथ २५ डिसेम्बर २००९’मा स्थापना भएको नेपाली समाज कुवेतको सबै भन्दा जेष्ठ जातिय संस्था’तमू समाज कुवेतले आफ्नो महान चाड(तमु हि-बिरालो बर्ग)को तमू ल्होसार आगामी २०२२ डिसेम्बर ३० तारिक मनाउने समाज को अध्यक्ष राजु गुरुङ ले मिडिया मार्फत जानकारी दिएको छ।

प्रवासी भूमिमा रहेर पनि आफ्नो मौलिक जातिय पहिचान,भाषा,सँस्कार र सँस्कृतिको संरक्षण गर्नुको साथै विभिन्न सामाजिक सेवामा निरन्तर आफ्नो हात फैल्यउदै आइरहेको तमू समाज कुवेतले हरेक वर्ष तमू ल्होसार भब्यताको साथ मनाउदै आइरहेको छ। “तमू ल्होसार”(तमु हि-बिरालो बर्ग)को ल्होसार कार्यक्रम लाइ भब्य र सब्य पर्न को लागि आफ्नो गुरुङ पहिचान र मौलिकता झल्काउने खालका नृत्य र गीतहरुले अतिथि हरु लाई समाजका कलाकार भाई बहिनी हरु को जोडदार प्रस्तुती रहने जानकारी दिएको छ। भने कार्यक्रमको लागि हलको खोजीमा रहेको र हल्ल्को टुंगो चाडै नै लगाएर सार्वजनिक गरिने अध्यक्ष राजु गुरुङ ले बताएको छ ।

उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि,समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा गरिमामय उपस्थिति जनाई कार्यक्रम लाई सफल बनाइदिनु आयोजकले अनुरोध गरेको छ।

आयोजक : तमू समाज कुवेत
कार्यक्रम : (तमू हि- ल्होसार)
मिति: ३० डिसेम्बर २०२२ शुक्रबार

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://news.kuwait-nepal.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments