26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठतमु प्ये ल्हु संघ कुवेतले तमू ल्होसार जनावारी ११ तारिक भब्य रुपले...

तमु प्ये ल्हु संघ कुवेतले तमू ल्होसार जनावारी ११ तारिक भब्य रुपले मनाउने

 


जनवरी ३ कुबेत -तमु प्ये ल्हु संघ,कुवेतले सदाको वर्ष झैँ यसपाली पनि तमुहरुको महान पर्ब “तमू ल्होसार (खि ल्हाे कुकुर बर्गको बिदाई अनि फो ल्हो, मृग बर्गको स्वागत) तमु ल्हाेसार बिशेष शुभ कामना आदान प्रदान तथा बिविध मनाेरन्जनात्मक सांस्कृतिक कार्यक्रम साथ जनवरी ११ तरिक २०१९ शुक्रबार दिन कुबेत को फर्वानियास्थित आइडियल अडिटोरियम हलमा भब्य रुपले मनाउने भएको छ।

“प्ये म्हस्याँ छ्या म्हमु , छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु”
अर्थात (शास्त्र हराए संस्कार हराउँछ ,संस्कार हराए संस्कृति र परम्परा हराउँछ, संस्कृति र परम्परा हराए मान्छेको पहिचान र अस्तित्व नै हराउँछ )भन्ने मुल नारा को साथमा कुवेत मा स्थापना भएको “तमु प्ये ल्हु संघ, कुवेत” ले कुवेत पनि तमु/गुरुङ हरुको मौलिक धर्म ,संस्कार र संस्कृति को संरक्षण र सम्बर्द्धन गर्ने र प्रत्येक तमुहरुलाइ प्ये ताँ ल्हु ताँ बारे जानकारी गराउने र कुवेत मा आफ्नो तमु मौलिक चाड पर्व हरु पनि मान्दै आएको छ ।

कार्यक्रमलाई सब्य भब्य सफाल पर्नको लागि बहराइन एक्स्चेन्ज कम्पनी, (BEC) कुवेतले मुख्या प्रायोजन गरेको छ। भने साथमा स्थानीय कलाकारहरुको आफ्नो गुरुङ पहिचान र मौलिकता झल्काउने खालका नृत्य र गीतहरुले अतिथि हरु लाई संस्थाका कलाकर भाई बहिनी हरु को जोडदार प्रस्तुती को साथ मनोरञ्जन दिने अध्यक्ष उमा तमुस्यो ले जानकारी दिएको छ।

उक्त तमु फो-ल्होसार कार्यक्रम लाई ऐतिहासि, रुपमा भव्य र सभ्य सफल बनाउनको लागि कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यकाममा उपस्थितिको लागी हार्दिक अनुरोध गरेका छन |

- Advertisement -

जानकारी:-
मिति:जनावारी ११ तारिक २०१९ शुक्रबार
समय:ठिक १२ बजे देखी
स्थान:फर्वानिय आइडियल अडिटोरियम हल
आयोजक: तमु प्ये ल्हु संघ कुबेत

विजय धामी
विजय धामीhttps://news.kuwait-nepal.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments