23.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियडोनाल्ड ट्रम्प सत्तामा आउँदा नेपाललाई कस्तो सुरक्षा चुनौति ? 

डोनाल्ड ट्रम्प सत्तामा आउँदा नेपाललाई कस्तो सुरक्षा चुनौति ? 


काठमाडौं । नेपाली सेनाले सुरक्षा चुनौति बढेको निष्कर्ष निकालेको छ । सेनाले बहुआयामिक किसिमका सुरक्षा चुनौति थपिएको भन्दै यसको कारणमा भूराजनीतिदेखि विभिन्न पक्षलाई केन्द्रमा राख्नुपर्ने भनिएको छ । 

नेपाली सेनाले मुलुकमा नयाँ किसिमको सुरक्षा चुनौति बढेको निष्कर्ष निकालेको छ । सैनिक मुख्यालय जंगी अड्डामा बिहीबारदेखि सुरु भएको दुई दिने पृतनापति समन्वयात्मक बैठकमा प्रधानसेनापति अशोकराज सिग्देलले नेपालमा बहुआयामिक किसिमका सुरक्षा चुनाति थपिने क्रम शुरु भएको भनेका छन् । 

बहुआयामिक दृष्टिकोणले सुरक्षा संवेदनशीलता बढेको र सुरक्षा जटिलतातर्फ जान सक्ने उनले बताएका छन् । यस्तोमा सेनाले गरेको विश्लेषण अनुसार कस्ता सुरक्षा चुनौति थपिएका हुन् त ? चासो देखिएको छ । सेनाले राष्ट्रिय सुरक्षाको विषयमा विभिन्न अध्ययन गर्ने गर्छ । 

सुरक्षा खतरा देखिएको खण्डमा यसको निराकरणको विषयमा समेत छलफल गरेर सरकारलाई आवश्यक सुझाव र चुनौतिको सामना गर्ने विषयमा रोडम्याप समेत दिने गर्छ । यस्तोमा सेनाले देखेका केहि सुरक्षा चुनौति यस्ता छन् । 

- Advertisement -

१. भूराजनीतिक परिवेश

भुराजनीतिक परिवेश बदलिदो अवस्थामा छ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि यो अवस्था थप बलियो बनेको सेनाको निष्कर्ष छ । भूराजनीतिक प्रभाव र यसको चपेटोमा नेपाल सहजै पर्न सक्ने सेनाको ठम्याई छ । यसकारण बहुआयामिक किसिमको सुरक्षा चुनौति नेपालले सामना गर्नुपर्ने हुन सक्ने सेनाको ठम्याई छ । 

२. कोशीमा चलिरहेको आन्दोलन

कोशी प्रदेशमा चलिरहेको नो केबलकारको आन्दोलनलाई सेनाले गम्भीर सुरक्षा चुनौतिको रुपमा लिएको देखिन्छ । नो केलबकार समूहले पाथीभरा क्षेत्रमा गरिरहेको प्रदर्शन, विरोध र सबैखाले प्रतिरोधका कार्यक्रम कोशीमा पहिचानको पक्षमा जोडिने भएकाले यो विषय संवेदनशील रहेको सेनाको भनाई छ । यसको समाधान सबैलाई मान्य हुने गरि राज्यले पहलकदमी लिनुपर्ने र विवाद बढाउने भन्दापनि शान्तिपूर्ण समाधान खोज्नुपर्नेमा जोड दिनुपर्ने सेनाको बुझाई देखिन्छ ।

कोशीमा नो केबलकार समूहले गरिरहेको प्रदर्शनले सुरक्षाकर्मीमाथि भइरहेको क्षति होस् वा आन्दोलनको क्रममा बल प्रयोग गर्ने स्थिति सिर्जना हुने अववस्था नै किन नहोस, यो पहिचानको मुद्दासँग जोडिने भएकाले संवेदनशीता अपनाउनुपर्ने सेनाको जोड छ । 

३. मधेस फ्याक्टर

मधेसी जनतामा केन्द्र सरकारसँगको हिनताबोध देखिने गरेको सेनाको विश्लेषण छ । केन्द्रले मधेसको अस्तित्वलाई सहजै स्वीकार नगर्ने गरेको बुझेको मधेसको नेतृत्वले यसका लागि विभिन्न किसिमका आन्दोलनहरु चर्काउने स्थिति सिर्जना हुने सेनाको भनाई छ । 

मधेसी नेतृत्वमा रहेको केन्द्रप्रतिको सोच परिवर्तन र मधेसी जनतामा सरकारले दिनुपर्ने सबैखाले सेवालाई सरलीकृत बनाउने र जनतालाई सरकार भएको आभास दिलाउनुपर्नेमा सेनाको जोड देखिन्छ । यसलाई सेनाले सुरक्षा चुनौतिको रुपमा लिएको छ ।

४. अर्थतन्त्रको अवस्था

अमेरिकी सहयोगहरु बन्द भएका छन् । यसले नेपालको बजेटमा विभिन्न कोणबाट प्रभाव पार्ने र सरकारले त्यसको पूर्तयारी गर्न नसक्ने हो भने धेरै क्षेत्रमा उदासिनता देखिने र जनतामा आक्रोश फैलिदा सुरक्षा चुनौति बढ्न सक्ने विश्लेषण सेनाको पाइन्छ । सेनाले अर्थतन्त्रको दीगो विकास र स्रोत सुनिश्चिततामा काम गर्न समेत सुझाएको छ । 

५.  व्यवस्था विरोधि आवाज

पछिल्लो समय संविधान संशोधनको विषयले विभिन्न राजनीतिक बेमेल सिर्जना गरेको छ । यसको फाइदा व्यवस्था विरोधीले उठाउन सक्ने र यस्तो स्थिति निर्माणको क्रममा सुरक्षा चुनौति बढ्न सक्ने सेनाको ठम्याई देखिन्छ । 

पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता, राजावादी शक्तिहरुको अभ्यास र जनतामा रहेको एकखाले व्यवस्थामाथिको आक्रोश पनि सुरक्षा चुनौतिको रुपमा आउन सक्ने सेनाले भनेको छ । तर, यो समस्या समाधानका लागि राजनीतिक स्थायित्व, एकद्वार प्रणालीबाट जनतालाई विश्वास दिलाउने कार्यक्रम गर्ने जस्ता थुप्रै किसिमका काम गर्नुपर्ने भनिएको छ । 

सेनाले सुरक्षा चुनौतिका विभिन्न आयाम र कारणबारे चर्चा र छलफल गरेको छ । जसमा अहिले देखिएका केहि प्रतिनिधि घटनालाई पनि केलाउन खोजिएको छ । जुन विषयले नेपालको शान्ति सुरक्षाको क्षेत्रलाई प्रभाव नपारोस भन्नेमा केन्द्रित देखिन्छ । 

प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  ०८:१५




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments