25.1 C
Kathmandu
Wednesday, April 29, 2026
spot_img
Homeगृहपृष्ठडेढ करोड बढीको बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

डेढ करोड बढीको बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

काठमाडौं।

बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका-१५ घर भई हाल ललितपुर महानगरपालिका-५ बस्ने ३६ वर्षीय हिरालाल विश्वकर्मा रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विश्वकर्मालाई सोमबार ललितपुर टिकाथलीबाट पक्राउ गरेको हो।

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार विश्वकर्माविरूद्ध जिल्ला अदालत भक्तपुरले पाँच दिन कैद र एक करोड ५० लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो।

- Advertisement -

गत कात्तिक २६ गते अदालतले फैसला गरेयता विश्वकर्मा फरार रहेका थिए। फरार व्यक्ति खोजी तथा अनुसन्धानको सिलसिलामा कार्यालयको टोली विश्वकर्माको पछि लागेको थियो।

विश्वकर्मालाई जिल्ला अदालत भक्तपुर पठाइएको छ। बस्नेतका अनुसार विश्वकर्मा संलग्न बैंकिङ कसुरको अर्को मुद्दा ललितपुरमा छ। उनीविरूद्ध ललितपुर परिसरले अदालतबाट पक्राउ पुर्जी लिइसकेको छ। उक्त कसुरमा विश्वकर्मालाई २२ लाखको बिगो छ।

यस्तै, विश्वकर्मालाई १२ लाख रुपैयाँ बिगोको बैंकिङ कसुरको मुद्दामा वृत्त स्वयम्धुले पक्राउ पुर्जी लिइसकेको छ।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments