25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishट्रम्पलाई ग्रिनल्याण्डका प्रधानमन्त्रीको जवाफ : हामी अमेरिकी बन्न चाहँदैनौँ

ट्रम्पलाई ग्रिनल्याण्डका प्रधानमन्त्रीको जवाफ : हामी अमेरिकी बन्न चाहँदैनौँ

ग्रिनल्याण्डका प्रधानमन्त्री मुट एगेडेले ग्रीनल्याण्डका जनताले आफ्नो भविष्य आफैँ निर्धारण गर्ने र उनीहरू डेनिस वा अमेरिकी बन्न चाहँदैनन् भनी बताएका छन्।

एगेडेले बुधबार संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिक्रियामा आफ्नो टिप्पणी गरेका हुन्। ट्रम्पले ग्रीनल्याण्ड (हाल डेनमार्क राज्यको अर्ध-स्वायत्त क्षेत्र) लाई अमेरिकाको हिस्सा बनाउने आफ्नो इच्छा दोहोर्‍याएपछि एगेडेले यस्तो टिप्पणी गरेका हुन्।

‘हामी अमेरिकी हुन चाहँदैनौं, न त डेनिस, हामी कलालित [ग्रीनल्याण्डर] हौं। अमेरिकीहरू र तिनीहरूका नेताले यो कुरा बुझ्नुपर्छ,’ एगेडेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी बिक्रीको लागि होइनौं र लिन सकिँदैन। हाम्रो भविष्य ग्रिनल्याण्डमा हामीद्वारा निर्धारण गरिन्छ।’

मंगलबार राति अमेरिकी कंग्रेसमा आफ्नो वार्षिक भाषणका क्रममा ट्रम्पले टापु लिन चाहेको  कुरा व्यक्त गरेका थिए। उनले आर्थिक लाभ र सुरक्षाको वाचा गर्दै सो बताएका थिए।

- Advertisement -

‘हामी तपाईंलाई सुरक्षित राख्नेछौं, हामी तपाईंलाई धनी बनाउनेछौं, र सँगै, हामी ग्रिनल्याण्डलाई तपाईंले पहिले कहिल्यै सोच्नुभएको जस्तो उचाइमा पुर्‍याउनेछौं,’ ट्रम्पले भने, ‘यो धेरै सानो जनसंख्या हो, धेरै, धेरै ठूलो जमिन हो, र सैन्य सुरक्षाको लागि धेरै, धेरै महत्त्वपूर्ण छ।’

ट्रम्पले ग्रिनल्याण्डको रणनीतिक र आर्थिक महत्त्वलाई औंल्याउँदै यसलाई कब्जा गर्ने आफ्नो दृष्टिकोणको ढोल बजाइरहेका छन्। तर ग्रिनल्याण्डको सत्तारूढ इनुइट अटाकाटिगिट पार्टीले मार्च ११ को आम चुनावपछि सम्भावित आर्थिक र कल्याणकारी प्रभावहरूको बारेमा सावधानी अपनाउँदै स्वतन्त्रताको मतदानमा हतार नगर्ने बताएको छ। 

जनमत सर्वेक्षणहरूले पनि धेरैजसो ग्रिनल्याण्डवासीहरू अमेरिकामा सामेल हुने विरोध गर्छन् भन्ने सुझाव दिने गरेका छन्।

राष्ट्रपतिको रूपमा आफ्नो दोस्रो कार्यकाल सुरु गर्नुअघि नै ट्रम्पले ग्रिनल्याण्डलाई अमेरिकाको हिस्सा बनाउने आशा व्यक्त गरेका थिए। यद्यपि नेटोको सहयोगी डेनमार्कले यो बिक्रीको लागि नभएको बताएको छ ।

ग्रिनल्याण्डको रणनीतिक स्थान र धनी खनिज स्रोतहरूले अमेरिकालाई फाइदा पुर्‍याउन सक्छ। यो युरोपबाट उत्तरी अमेरिका जाने सबैभन्दा छोटो मार्गमा अवस्थित छ। जुन अमेरिकी ब्यालिस्टिक मिसाइल चेतावनी प्रणालीको लागि महत्त्वपूर्ण छ।

‘हामी तपाईंको भविष्य आफैँ निर्धारण गर्ने अधिकारलाई दृढतापूर्वक समर्थन गर्छौं, र यदि तपाईंले रोज्नुभयो भने, हामी तपाईंलाई संयुक्त राज्य अमेरिकामा स्वागत गर्दछौं,’ ट्रम्पले आफ्नो भाषणमा भने।

तर उनले स्पष्ट पारे कि यदि मनाउने प्रयास असफल भयो भने उनी हार मान्ने छैनन् भन्दै उनले भने, ‘एक वा अर्को तरिकाले, हामी यसलाई प्राप्त गर्नेछौं।’ एजेन्सी

प्रकाशित: २२ फाल्गुन २०८१ ११:१४ बिहीबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments