23.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियटुँडिखेलमा मनाइयो प्रजातन्त्र दिवस

टुँडिखेलमा मनाइयो प्रजातन्त्र दिवस [तस्वीरहरू]


काठमाडौं । टुँडिखेलमा ७५ औं प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । 

कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरेसहित विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि र मन्त्रीहरु उपस्थित भएका थिए ।

- Advertisement -

सो अवसरमा नेपाली सेनाको टोलीले विभिन्न कला कौशल प्रस्तुत गरेको थियो । कार्यक्रममा सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिएका थिए।

नेपालमा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइने गरिन्छ । २००७ फागुन ७ गते जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र आएकाले सोही दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते उक्त दिवस मनाउने गरिएको हो । 

हेर्नुस् तस्वीरहरू

 


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments