19.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठटीकापुर घटना : सांसद रेशम चौधरी सहित १२ जनालाई सर्वस्वसहित जन्मकैद

टीकापुर घटना : सांसद रेशम चौधरी सहित १२ जनालाई सर्वस्वसहित जन्मकैद

थारूहटको आन्दोलन चर्किँदा विसं २०७२ भदौमा भएको विरोधप्रदर्शन हिंसात्मक बनेपछि भिडले आक्रमण गरेर सात प्रहरीलाई मारिदिएको थियो।

सो घटनामा एक बालकको पनि ज्यान गएको थियो।

कैलाली जिल्ला अदालतले सोही मुद्दामा थरूहट आन्दोलनका नेता लक्ष्मण थारू र अन्य दुई जनालाई सफाइ दिएको छ।

अदालतले अन्य १५ जनालाई तीन-तीन वर्षको कैद सजाय तोकेको छ।

तर उनीहरूले हिरासतमा तीन वर्ष पूरा गरिसकेकाले आजै रिहा गरिने अदालतका रजिस्ट्रार इन्द्रबहादुर कठायतले बीबीसीलाई बताए।

- Advertisement -

घटनापछि फरार रहेका रेशम चौधरी विसं २०७४ मंसिरमा भएको निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट सहभागी भएर कैलालीबाट सांसद निर्वाचित भएका थिए।

सो घटनामा मुख्य योजनाकार भएको अभियोग खेपेका चौधरीलाई पछि पक्राउ गरेर पुर्पक्षका लागि कारागारमा राखिएको थियो।

कारागारबाटै गएर उनले दुई महिनाअघि सांसद पदको शपथग्रहण गरेका थिए।

यसअघि सर्वोच्च अदालतले रेशम चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न तल्लो अदालतले दिएको आदेशलाई सदर गरिदिएपछि तत्कालका लागि उनलाई संसद् प्रवेशको बाटो बन्द भएको थियो।

विजय धामी
विजय धामीhttps://news.kuwait-nepal.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments