25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishचीनलाई घुँडा टेकाउने ट्रम्पको अर्को प्रयास : आजदेखि १०४ प्रतिशत कर, अन्त्यसम्म...

चीनलाई घुँडा टेकाउने ट्रम्पको अर्को प्रयास : आजदेखि १०४ प्रतिशत कर, अन्त्यसम्म लड्न तयार चीन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीको एक दिनपछि मंगलबार ह्वाइट हाउसले चीनबाट आउने सामानमा कुल १०४ प्रतिशत कर लगाउने घोषणा गरेको छ। यो नयाँ कर आज (अप्रिल ९) देखि लागू भएको छ।

सोमबार ट्रम्पले भनेका थिए, ‘यदि चीनले अमेरिकामाथि लगाएको ३४ प्रतिशत कर फिर्ता गरेन भने मार्चमा लगाइएको २० प्रतिशत र अप्रिल २ मा थपिएको ३४ प्रतिशत करबाहेक बुधबारदेखि थप ५० प्रतिशत कर लगाइनेछ।’ उनले अगाडि भनेका थए, ‘मैले पहिल्यै चेतावनी दिएको थिएँ कि अमेरिकाविरुद्ध बदला लिने कुनै पनि देशले सुरुको भन्दा धेरै उच्च करको सामना गर्नुपर्नेछ।’

चीनको जवाफमा कडा अडान कायम छ। चीनले मंगलबार भन्यो, ‘अमेरिकाले थप कर बढाएर गल्तीमाथि गल्ती गरिरहेको छ। यो धम्की उसको ब्ल्याकमेलिङ प्रवृत्तिको प्रमाण हो। हामी यो स्वीकार गर्दैनौँ। यदि अमेरिकाले जिद्दी गरिरह्यो भने हामी अन्त्यसम्म लड्न तयार छौँ।’ आइतबार चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र द पिपल्स डेलीले लेख्यो, ‘व्यापार युद्ध भए पनि हामी पूर्ण तयार छौँ र झन् बलियो भएर निस्कनेछौँ। अमेरिकी करको असर पर्ला, तर आकाश खस्ने छैन।’

आइतबार नै चीनको वाणिज्य मन्त्रालयले अमेरिकाबाट कोष लिने २० कम्पनीका प्रतिनिधिसँग भेट गरेको थियो। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले मंगलबार पत्रकारहरूसँग भनिन्, ‘चीनजस्ता देशले अमेरिकी कामदारमाथिको दुर्व्यवहार दोब्बर बनाएर बदला लिने गल्ती गरिरहेका छन्। राष्ट्रपति ट्रम्पसँग स्टीलको मेरुदण्ड छ, उनी झुक्दैनन्।’ उनले थपिन्, ‘चिनियाँहरू सम्झौता गर्न चाहन्छन्, तर कसरी सुरु गर्ने थाहा छैन।’ तर, कर घटाउन ट्रम्पले के सर्त राख्लान् भन्ने कुरा उनले खुलाइनन्।

- Advertisement -

एसियाली बजारमा पनि यसको असर देखिएको छ। गत वर्ष चीन अमेरिकाको दोस्रो ठूलो आयात स्रोत थियो। उसले ४३९ अर्ब डलरको सामान अमेरिकालाई बेचेको थियो। अमेरिकाले १४४ अर्ब डलरको सामान चीन निर्यात गर्‍यो। यी पारस्परिक करले घरेलु उद्योगलाई असर गर्ने र रोजगारी कटौती हुने जोखिम बढेको छ। ट्रम्पको पहिलो कार्यकालको अन्त्यमा चिनियाँ सामानमा औसत १९.३ प्रतिशत कर लगाइएको थियो। 

तत्कालीन बाइडेन प्रशासनले त्यसलाई कायम राखेर थप्दा कर २०.८ प्रतिशत पुगेको थियो। अब बुधबारदेखि यो दर १२५ प्रतिशत सम्म पुगेको छ। अमेरिकाका लागि चीन अझै पनि खेलौना, स्मार्टफोन, कम्प्युटरजस्ता सामानको प्रमुख स्रोत मानिन्छ। यी सामानको मूल्य अमेरिकी उपभोक्ताका लागि चाँडै महँगो हुन सक्छ। 

यता, चीनसँग ७६० अर्ब डलर बराबरका अमेरिकी सरकारी बन्ड छन्, जसले उसलाई अमेरिकी अर्थतन्त्रमा प्रभाव पार्ने शक्ति दिन्छ। चीनले आफ्नो तयारी पनि तीव्र बनाएको छ। उसले औद्योगिक क्षेत्रमा १.९ खर्ब डलर ऋण थपेको छ। कारखाना निर्माण र स्तरोन्नति तीव्र पारेको छ। टेलिकम कम्पनी हुवावेले सांघाईमा ३५ हजार इन्जिनियर अट्ने अनुसन्धान केन्द्र खोलेको छ। यो गुगलको क्यालिफोर्निया मुख्यालयभन्दा १० गुणा ठूलो हो। यसबाट चीन प्रविधि र नवप्रवर्तनमा आफ्नो क्षमता बढाउन चाहन्छ भन्ने स्पष्ट हुन्छ। एजेन्सी

प्रकाशित: २७ चैत्र २०८१ ०७:१७ बुधबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments