20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeमनोरञ्जनपाँच करोड लगानीमा बन्दै चलचित्र 'राजकुमारी'

पाँच करोड लगानीमा बन्दै चलचित्र ‘राजकुमारी’

काठमाडौँ: नेपाली चलचित्र उद्योगमा नयाँ फिल्म ‘राजकुमारी’ को औपचारिक निर्माण घोषणा गरिएको छ। अनुमानित ५ करोड रुपैयाँको लगानीमा बन्न लागेको यस चलचित्रले प्रेम, संघर्ष र साहसको अद्वितीय कथा नेपाली दर्शकमाझ प्रस्तुत गर्ने निर्माण टिमले जानकारी दिएको छ।

‘डिम प्रोजेक्ट’ को रूपमा हेरिएको ‘राजकुमारी’

चलचित्रको लेखन तथा निर्देशन पुराना निर्देशक रिम विश्वकर्माले गर्दैछन्। निर्देशक विश्वकर्माले यस चलचित्रलाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ को रुपमा लिएको बताए। “मैले यसअघि पनि केही चलचित्र बनाएको थिएँ, तर यो प्रोजेक्ट मेरो लागि डेब्यु निर्देशन जस्तै हुनेछ। यसका पछाडि केही कारण छन्, त्यो म पछि खुलाउनेछु,” विश्वकर्माले भने।

विश्वकर्माको अर्को फिल्म ‘हेल्लो काँशीराम’ आगामी जेठ २ गते देशव्यापी प्रदर्शनमा आउँदैछ। उनले पछिल्ला वर्षमा निर्देशनमा सक्रियता बढाएका छन् र ‘राजकुमारी’ मार्फत आफूलाई पूर्णरूपमा निर्देशकको रुपमा स्थापित गर्ने दाबी गरेका छन्।

एकल लगानी र प्रोडक्सन टिम

- Advertisement -

रेडलाइन्स फिल्म प्रा.लि. को ब्यानरमा निर्माण हुने यस चलचित्रमा पी.बी. थापाले एकल रुपमा लगानी गर्दैछन्। निर्माता थापाले यो चलचित्रको कथा र यसले उठान गर्ने विषयप्रति गहिरो रुपमा प्रभावित भएका कारण लगानी गर्न तयार भएको जनाए।

“नेपाली दर्शकले पहिलोपटक फरक स्वादको एक गहिरो प्रेमकथा अनुभव गर्नेछन्। बाँकी कुरा सुभमुहुर्त कार्यक्रममा बोल्नेछौँ,” थापाले थपे।

अभिनेत्री छनोट प्रक्रिया जारी

फिल्मको मुख्य पात्र राजकुमारीको भूमिकाका लागि अभिनेत्रीको छनोट प्रक्रिया जारी रहेको जनाइएको छ। निर्माण टिमले केही चर्चित अभिनेत्रीहरूसँग कुराकानी गरिरहेको भएपनि मुख्य अभिनेत्री को हुने भन्ने विषय अझै टुंगोमा नपुगेको निर्देशक विश्वकर्माले बताए।

चलचित्रका अन्य कलाकार र प्राविधिक टोलीको चयन लगभग अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ।

उत्पादन तालिका र शुटिङ स्थान

चलचित्रको छायांकन प्रक्रिया केही महिनाभित्र सुरु गरिने गरी प्रि-प्रोडक्सनको काम भैरहेको बुझिएको छ। निर्देशक विश्वकर्माका अनुसार आगामी भदौसम्म फ्लोरमा जानेगरी तयारी भइरहेको छ। चलचित्रको प्रदर्शन मिति भने अहिलेसम्म फाइनल गरिएको छैन।

चलचित्रको काठमाडौंमा अधिकांश छायांकन हुनेछ भने अन्य केही दृश्य मुस्ताङ, पोखरा लगायतका क्षेत्रमा पनि खिच्ने तयारी गरिएको छ।

कथावस्तु बारे अनुमान

टाइटल अनुसार चलचित्र राजपरिवारसँग नजिक रहेर बन्न सक्ने अनुमान गर्न सकिए पनि निर्माण टिमले यसको कथावस्तु पूर्ण रूपमा खुलाएको छैन। निर्माण टिमले दर्शकलाई सस्पेन्समा राख्दै सबै विवरण चरणबद्ध रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ।

नेपाली चलचित्र उद्योगमा नवप्रवेशी ऊर्जा र मौलिक कथावस्तुको खोजी भइरहेको बेला ‘राजकुमारी’ले नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments