20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishघाइते अर्थमन्त्री भेट्न स्वास्थ्यमन्त्री पुगे बर्न अस्पताल

घाइते अर्थमन्त्री भेट्न स्वास्थ्यमन्त्री पुगे बर्न अस्पताल

पोखरामा आयोजित पर्यटन वर्ष उद्घाटन समारोहमा बेलुनमा लागेको आगोका कारण घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यको अवस्था बुझ्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल कीर्तिपुर बर्न अस्पताल पुगेका छन्।

अस्पतालमा उपचाररत घाइते नेताहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिँदै मन्त्री पौडेलले जलन उपचारलाई अझ प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताए।

‘जलन उपचार सहज, छिटो र प्रभावकारी बनाउने वातावरण तयार पार्न हामी लागि परेका छौं,’ उनले भने, ‘सुधारका कामले नतिजा दिन थालेका छन्।’

उनले अस्पतालका चिकित्सकहरूसँग घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै अस्पताल सेवाको निरीक्षणसमेत गरे। उनले जलनपीडित जो-कोहीका लागि प्रभावकारी उपचार सुनिश्चित गर्न स्वास्थ्य सेवा विस्तार र सुधारमा मन्त्रालयले विशेष ध्यान दिएको बताए।

- Advertisement -

स्वास्थ्य मन्त्रालयले वीर अस्पतालअन्तर्गत ट्रमा सेन्टरमा समेत जलनका बिरामीका लागि छुट्टै वार्डको व्यवस्था गरिसकेको छ। यो वार्डको सुरुवात मन्त्री पौडेलले गरेका थिए। यस्तै, प्रादेशिक अस्पतालहरूमा पनि जलन उपचार सेवा विस्तार गर्ने तयारी भइरहेको छ।

सरकारले जलन उपचारलाई आधुनिक र सहज बनाउने नीति लिएको भन्दै मन्त्री पौडेलले चिकित्सा क्षेत्रमा भएका सुधार क्रमशः प्रत्यक्ष रूपमा देखिन थालेको बताए।

प्रकाशित: ३ फाल्गुन २०८१ २०:५० शनिबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments