25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishगृहमन्त्रीले लिए अर्थमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी

गृहमन्त्रीले लिए अर्थमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी

गृहमन्त्री रमेश लेखकले कीर्तिपुरस्थित बर्न अस्पतालमा पुगेर उपचाररत अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

घटनापछि अस्पतालमै पुगेका गृहमन्त्री लेखकले चिकित्सकहरूसँग घाइतेहरूको अवस्था बुझ्दै आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सतर्कता अपनाउनुपर्ने बताए।

‘बेलुन उडाउन हावा राख्ने काम घातक हुने रहेछ। यस्तो कुराहरूलाई ख्याल गर्नुपर्ने। आइन्दा यस्तो घटना नहोस् भन्नका लागि व्यवस्था गर्नुपर्छ। हामी गर्छौँ।’ उनले भने।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि अस्पतालमा पुगेर चिकित्सकहरूसँग जानकारी लिँदै दुवै जना खतरामुक्त रहेको उल्लेख गरे।

- Advertisement -

पौडेल र आचार्य पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहका क्रममा घाइते भएका थिए। रिमोटबाट दीप प्रज्वलन गरिसकेपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा छोएपछि बेलुन विष्फोट हुँदा उनीहरू घाइते भएका थिए।

घटनापछि अर्थमन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल र मेयर आचार्यलाई फिस्टेल अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो। थप उपचार आवश्यक भएपछि दुवैलाई छुट्टाछुट्टै हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो।

प्रकाशित: ३ फाल्गुन २०८१ १९:१८ शनिबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments