20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishकांग्रेस-एमालेको रोग सरेपछि हामी पनि बिरामी भयौँ : दाहाल

कांग्रेस-एमालेको रोग सरेपछि हामी पनि बिरामी भयौँ : दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस-एमालेको रोग सरेपछि आफूहरू पनि बिरामी भएको बताएका छन्।

जागरण अभियानअन्तर्गत नवलपरासी बर्दघाट सुस्ता पश्चिम जिल्ला समन्वय समिति निर्वाचन क्षेत्र २ ले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘कांग्रेससँग नजिक हुँदा कांग्रेसको रोग सर्‍यो, एमालेसँग नजिक हुँदा एमालेको रोग सर्‍यो र हामी पनि बिरामी भयौँ। यसपछि जनतासँग जुन भावनात्मक र विचारको सम्बन्ध थियो, त्यो टुट्न खोज्यो,’ उनले भने।

दाहालले आफूहरूलाई लागेको रोगको उपचार अस्पतालबाट नभई जनताबाट हुने बताए। ‘उपचार गर्नका लागि अस्पताल त नजिकै थिए। तर, यो रोग अस्पतालमा गएर सन्चो हुने बिराम थिएन, यो जनताको बीचमा गएर मात्रै सन्चो हुने बिमार पर्‍यो। त्यसैले आएका छौँ,’ उनले भने।

- Advertisement -

जनता नै सर्वोच्च फैसलाकर्ता भएको भन्दै दाहालले पीडित वर्ग समुदायका लागि एकपटक माओवादी केन्द्र नै अगाडि आउनुपर्ने दाबी पनि गरे। ‘मलाई विश्वास छ, तपाईंहरूले फेरि पनि एकपटक गहिरो गरी विचार गर्नुहुनेछ र महिला तथा पीडित वर्ग समुदायका लागि लड्न सहयोग गर्नुहुनेछ।’

प्रकाशित: ३ वैशाख २०८२ १६:१४ बुधबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments