काठमाडौं। नेपाली पप संगीतका लोकप्रिय गायक सुगम पोखरेलको नयाँ प्रेमिल गीत ‘यति छिटो’ शुक्रबार सार्वजनिक भएको छ। गीतमा जीवनका आत्मीय क्षण, प्रेमको मिठास र संगीतको सरलतालाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ।
गीतका शब्दहरू सरल तर गहिरा र अर्थपूर्ण छन् ।
यसले प्रेम, सम्बन्ध र आधुनिक जीवनको गतिशीलताको भावनात्मक पक्षलाई आकर्षक रूपमा चित्रण गर्छ। म्युजिक भिडियोमा सुगमसँगै सविना राउतको अभिनय रहेको छ।
भूषण खरेलको शब्द र जेम्स प्रधानको संगीतमा तयार पारिएको यो गीतले श्रोताहरूको ध्यान आकर्षित गरेको छ।




