20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishशिकार खेल्न जाँदा गोली लागेर एकको मृत्यु, तीन शिकारी पक्राउ

शिकार खेल्न जाँदा गोली लागेर एकको मृत्यु, तीन शिकारी पक्राउ

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ गब्दाहवामा शिकार खेल्न गएका व्यक्तिहरुले चलाएको गोली लागेर एक स्थानीयको मृत्यु भएको छ।

२८ वर्षीय समुन्द्र गाहा मगरको बुद्ध सामुदायिक वनको खयरभट्टी क्षेत्रमा शिकार खेल्ने क्रममा गोली लागेर ज्यान गएको हो।

घाइते अवस्थामा रहेका मगरलाई शिकारीहरुले नै उपचारका लागि भैरहवा मेडिकल कलेज पुर्‍याएका थिए। तर, उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरे।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, मृतक मगर पनि तीन जनाको टोलीसहित शिकार खेल्न गएका थिए।

- Advertisement -

घटनापछि प्रहरीको टोलीले ३४ वर्षीय राम बहादुर थारु, ३६ वर्षीय कालु भनिने राम थारु, र प्रवेश थारुलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए।

घटनास्थलबाट प्रहरी टोलीले एक लोडेड बन्दुकसहित दुई नाल भरुवा बन्दुक बरामद गरेको छ।

अनुसन्धानका क्रममा गोली लाग्न प्रयोग भएको बन्दुक राम बहादुर थारुको रहेको खुलेको छ भने हतियार लुकाउन प्रवेश थारुले सहयोग गरेको प्रहरीको भनाइ छ।

हाल पक्राउ परेका तीनै जनासँग प्रहरीले थप सोधपुछ जारी राखेको छ भने घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: ३१ चैत्र २०८१ २३:१९ आइतबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments