20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियविद्युत् आपूर्तिमा समस्या छैन, ‘लोडसेडिङ’ हुँदैन : प्राधिकरण RD Creation

विद्युत् आपूर्तिमा समस्या छैन, ‘लोडसेडिङ’ हुँदैन : प्राधिकरण RD Creation


काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्राधिकरणले एक विज्ञप्ति जारी गरी विद्युत् आपूर्तिमा कुनै समस्या नरहेकाले लोडसेडिङको सम्भावना नरहेको उल्लेख गरेको छ । प्राधिकरणले सामाजिक सञ्जालमा फैलिएका अतिरञ्जित हल्ला भ्रामक भएको भन्दै हाल लोडसेडिङ नभएको र आगामी दिनमा पनि घरायसी ग्राहकका लागि लोडसेडिङ नहुने स्पष्ट पारेको हो ।

औद्योगिक क्षेत्रका ग्राहकलाई बेलुकाको समयमा खपत कम गरेर सहयोग गर्न प्राधिकरणले अनुरोधसमेत गरेको छ । प्राधिकरणका अनुसार हाल देशभर विद्युतको जडित क्षमता तीन हजार ५१२ मेगावाट रहेको छ । यसमध्ये प्राधिकरणको स्वामित्वमा रहेका जलविद्युत् आयोजना ६६२ मेगावाट, सौर्य २५ मेगावाट, तापीय ५३ मेगावाट (हाल बन्द), सहायक कम्पनीका आयोजना ६२३ मेगावाट तथा निजी क्षेत्रबाट उत्पादित दुई हजार १४९ मेगावाट रहेको छ ।

हाल आन्तरिक उत्पादन औसतमा एक हजार १७५ मेगावाट रहेकामा विद्युतको उच्च माग (पिक लोड) दुई हजार ७७ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ । जसमध्ये एक हजार ५९३ मेगावाट उत्पादन सम्भव भएको र बाँकी माग भारतबाट आयात गरेर पूर्ति गरिएको छ ।

- Advertisement -

प्राधिकरणले गर्मीयाम सुरु भएसँगै भारतमा पनि माग बढेकाले रातिको समयमा मागअनुसार विद्युत् आयातमा केही चुनौती भए पनि घरायसी ग्राहकलाई चौबिसै घण्टा तथा उद्योगलाई पनि अधिकांश समयमा आपूर्ति गरिँदै आएको स्पष्ट पारेको छ ।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments