20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठविद्यालय छाडेको बीस वर्षपछि शिक्षक-विद्यार्थी मिलन

विद्यालय छाडेको बीस वर्षपछि शिक्षक-विद्यार्थी मिलन


विद्यालय छाडेको २० वर्षपछि विद्यार्थीहरुले आफ्ना गुरुहरुको सम्मानमा जमघट कार्यक्रम आयोजना गरेका छन् । विद्यार्थी छँदा आफूले पाएका सजाय र स्याबासीका बारे विद्यार्थीले गुरुवर्गसँग खुलेर सम्झना साटासाट गरे । 

शिक्षकले पनि गुरुवर्ग र बाआमाले अर्ती दिएर गर्ने गालीलाई अन्यथा लिन नहुने भन्दै पुराना सम्झनामा खुसी बटुले । जमघटमा आफ्ना अनुभव साटासाट गर्न पाउँदा भूतपूर्व विद्यार्थी र अनुभवी शिक्षकहरुको अनुहारमा भावुकता र प्रशन्नता देखिन्थ्यो । 

सुनसरीको बराहक्षेत्र नगरपालिका ५ कालाबन्जरस्थित श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालयबाट २०६०/६१ सालमा एसएलसी दिएका विद्यार्थीको समूहले आफ्ना गुरुवर्गलाई सम्मान गरेका हुन् । 

- Advertisement -

Shikshak- bidyarthi milan

अमाहा सीमसारमा भेटघाट कार्यक्रमको आयोजना गरी गुरुवर्गको योगदान, माया र स्नेहलाई सम्झना गर्दै विद्यार्थीले सम्मान व्यक्त गरे । 

गुरुवर्गको सम्मानमा ‘भेटघाट तथा सम्मान कार्यक्रम’ आयोजना गरिएकामा जगन्नाथ डेडराज जनता मावि कालाबन्जरका पूर्व प्रधानाध्यापक लोमनाथ दाहालले खुशी व्यक्त गरे । 

‘हामीले कमाउने भनेको नै यहीँ माया र सम्मान हो,’ पूर्व प्रधानाध्यापक दाहालले भने,’ यो माया र सम्मानले भावुक पनि भइएछ ।’ 

आफ्नो शिक्षण कालमा थुप्रै विद्यार्थीलाई शिक्षादीक्षा प्रदान गरेको पूर्व प्रधानाध्यापक दाहालले स्मरण गरे । पूर्व विद्यार्थीको समूहले सम्मान गरेको यो पहिलो पटक भएको उनले बताए ।

IMG_20250217_000406

पूर्व विद्यार्थीहरु विपिन घिमिरे, जीवन गुरुङले कार्यक्रमको चाँजोपाँजो मिलाए । व्यवस्थापनमा खड्ग प्रधान, सुमन निरौला, उमेश कार्कीलगायतको समूह लागे ।

 साथीसाथी मत मिलेपछि गुरुवर्गको सम्मानसहित अविष्मरणीय कार्यक्रम आयोजना गर्ने तय भयो । यही मेसोमा नवदाम्पत्य जीवन सुरु गरेका जीवन गुरुङलाई साथीभाइले शुभकामना समेत दिए । 




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments