20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियरेशमलाई तत्काल रिहा गर्न सर्वोच्चले पठायो अर्को पत्र, अघिल्लो पत्र लेख्ने विष्ट...

रेशमलाई तत्काल रिहा गर्न सर्वोच्चले पठायो अर्को पत्र, अघिल्लो पत्र लेख्ने विष्ट नियन्त्रणमा RD Creation


काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई तत्काल थुनामुक्त गर्न सर्वोच्च अदालतले प्रहरीलाई अर्को पत्र पठाएको छ।

बुधबार कमलादीमा पार्टी एकता घोषणा स्थलबाट पक्राउ परेका चौधरीलाई डिल्लीबजार कारागार पठाइएको थियो। तर सर्वोच्चको पछिल्लो पत्रले उनको रिहाइको बाटो खुलेको छ।

सर्वोच्चको मुद्दा तथा रिट शाखाका शाखा अधिकृत महिमानसिंह विष्टले चौधरीलाई पक्राउ गर्न पत्र जारी गरेका थिए। जसलाई प्रहरीले कार्यान्वयन गर्दै चौधरीलाई पक्राउ गरेको थियो।

- Advertisement -

तर, उक्त पत्रमा कुनै न्यायाधीशको आदेश नरहेको र विष्टले योगराज ढकाल (रिगल) को मुद्दाको नजिरलाई आधार बनाएर पत्र लेखेको खुलेपछि उनलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ।

सर्वोच्च स्रोतका अनुसार, यो पत्र गैरकानुनी रूपमा जारी भएको भन्दै अदालतभित्रै हंगामा भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments