25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglish‘नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामा

‘नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामा


काठमाडौं । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) मा निर्माणाधीन केबुलकारको विरोधमा रहेका ‘नो केबलकार समूह’ लाई सरकारले वार्तामा बोलाएको छ ।

सरकारले गठन गरेको वार्ता टोलीका संयोजक गृहमन्त्रालयका सह-सचिव प्रेमप्रसाद भट्टराईले सोमबार एक सूचना जारी गरी आन्दोलनरत पक्षलाई वार्तामा बोलाएका हुन्। ‘आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याको वार्ताबाटै उक्त केबुलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने’, विज्ञप्तिमा भनिएको छ, ‘वार्ता र  संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्न आन्दोलनरत पक्षलाई वार्ता र संवादका लागि आउन अनुरोध गर्दछु ।’

यसअघि आन्दोलनरत पक्षसँग विभिन्न चरणमा भएका वार्ता निष्कर्षमा पुग्न सकेको छैन । माघ २२ गते बसेको २ पक्षीय वार्ताले केबुलकार निर्माण कार्य तत्काललाई स्थगित गर्ने र माघ २७ गते दोस्रो चरणको उच्चस्तरीय राजनीतिक वार्ता बस्नेसहित ६ बुँदे सहमति भएको थियो ।

तर २७ गते गृहमन्त्रालयका सहसचिव भट्टराईकै नेतृत्वमा खटिएको सरकारी वार्ता टोलीसँग नभइ र राजनीतिक टोलीसँग मात्रै वार्ता गर्ने भन्दै आन्दोलनरत पक्षले वार्ता बहिस्कार गरेका थिए । पाथीभरमा केबुलकार बनाउने विषयमा माघ १२ गते प्रहरी र नो केबुलकार पक्षबीच झडप भएकपछि सिर्जना भएको विवाद एक महिना हुँदासम्म साम्य हुन सकेको छैन । अहिले यो विवादले सडकदेखि सदनसम्म बहस सिर्जना गरेको छ ।

- Advertisement -




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments