
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले पार्टी सभापति रवि लामिछानेसँग छलफल गरेर आफूले सहमहामन्त्री पदबाट राजीनामा दिएको प्रस्ट्याएकी छन् ।
बिहीबार पार्टीको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफूले पार्टीबाट राजीनामा दिएको नभई सहमहामन्त्री पदबाट मात्र राजीनामा दिएको बताइन् । उनले दुई हप्ता अगाडि नै राजीनामा दिएको समेत बताइन् ।


एक व्यक्ति दुई पदमा रहँदा काम गर्न गाह्रो हुने भन्दै पार्टी नेतृत्वसँगको छलफलपछि आफूले राजीनामा दिएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0





