23.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishडोमिनिकन रिपब्लिकमा नाइट क्लबको छत भत्किँदा मृत्यु हुनेको सङ्ख्या २२१ पुग्यो

डोमिनिकन रिपब्लिकमा नाइट क्लबको छत भत्किँदा मृत्यु हुनेको सङ्ख्या २२१ पुग्यो

डोमेनिकन रिपब्लिकमा गायक रुबी पेरेजको जेट सेट नाइट क्लबमा भएको कन्सर्टको समयमा उक्त क्लबको छत भत्किएर मृत्यु हुनेको सङ्ख्या २२१ पुगेको एबीसी न्युजले जनाएको छ।

प्रख्यात डोमिनिकन मेरेन्गु गायक पेरेजले मञ्चमा गाइरहेको अवस्थामा मङ्गलबार मध्यरातमा छत भत्किँदा परेजका प्रबन्धकसमेतको मृत्यु भएको थियो। यसअघि बुधबार दिइएको जानकारीमा करिब ११८ जनाको मृत्यु भएको जनाइएको थियो। उक्त घटनापछि कार्यक्रमस्थलमा फसेका कम्तीमा २०० जनाको उद्धार गरिएको थियो भने दर्जनौँ मानिस घटनापछि आफैँ सुरक्षित स्थलमा भाग्न सफल भएका थिए। स्थानीय मिडियाका अनुसार दुर्घटना हुँदा क्लबमा पाँच सयदेखि एक हजार मानिस थिए।

मृतकमध्ये ५१ वर्षीय सेवानिवृत्त मेजर लिग बेसबल पिचर अक्टाभियो डोटेल पनि रहेको जनाइएको छ। उनले सन् २०११ मा सेन्ट लुइस कार्डिनल्ससँग विश्व शृङ्खला जितेका थिए।

पेरेजकी छोरी जुलिन्काले छाना भत्किएपछि भाग्न सफल भएको पत्रकारलाई बताइन्।

- Advertisement -

राष्ट्रपति लुइस अबिनाडरकाले घटनास्थलको भ्रमण गरेका थिए भने तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका थिए। उनका अनुसार मृतकमा मोन्टे क्रिस्टी नगरपालिकाको गभर्नर नेलसी क्रुज पनि थिए। एजेन्सी

प्रकाशित: २९ चैत्र २०८१ ०७:३६ शुक्रबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments