26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियजिम्मेवारी तहमा पुगेकाहरु इमान्दार हुनुपर्छ : सभामुख

जिम्मेवारी तहमा पुगेकाहरु इमान्दार हुनुपर्छ : सभामुख


काठमाडौं : सभामुख देवराज घिमिरले कानून कार्यान्वयनको सम्बन्धमा सांसदहरुले अध्ययन गर्ने आधार नभएको बताएका छन्। शनिबार राष्ट्रिय शासन शिखर सम्मेलन २०२५ कार्यक्रममा बोल्दै उनले बनेका कानूनको प्रभावकारी कार्यान्वयनको लागि सांसदहरुले सोच्ने, बुझ्ने र अध्ययन गर्ने आधार नभएको बताएका हुन्।

उनले भने, ‘बनेको कानूनको कार्यान्वयन कसरी भईरहेका छन् भन्ने कुरा संसदले जति सांसद हुनुहुन्छ उहाँहरुलाई सरकारले कसरी काम गरिरहेको छ हामीले बनाएका कानूनहरु कार्यान्वयनमा कसरी गईरहेका छन्। त्यसमा सुधार गर्नुपर्ने जरुरी छ कि छैन। संशोधन गर्न जरुरी छ कि छैन। कानूनको प्रभावकारी कार्यान्वयनको लागि सरकारलाई कसरी निर्देशन गर्ने यतापट्टि सोच्ने बुझ्ने अध्ययन गर्ने आधार छैन। उहाँहरु जे काम गर्दै गइरहेको छ त्यसमा व्यस्तताका साथ काम गर्न परेको छ।’

सभामुख घिमिरले जिम्मेवारी तहमा पुगेकाहरु इमान्दार हुनुपर्ने बताए। ‘जिम्मेवारी तहमा सुशाषन दिने दृढता हुनुपर्यो जिम्मेवारी तहमा इमान्दार हुनुपर्यो र त्यो गर्छु भन्ने प्रतिवद्धताको साथै समर्पणको पनि जरुरी हो,’ उनले भने। उनले पछाडि परेका समुदायलाई अगाडि बढाउन परिणाममुखी ढङगबाट काम गर्नुपर्ने बताए।

- Advertisement -

‘समाजमा पछाडि परेको समाजलाई अगाडि बढाउने कुरा लामो प्रक्रिया हो। भन्नेबित्तिकै आउँदैन। कानूनी प्रवर्धनले मात्र पनि त्यो आवश्यकता पुरा गर्न सक्दैन। तर नीति बनाएर कार्यान्वयनमा लागेपछि कुन हदसम्म पछाडि पारिएका परेका वा दुर्गम क्षेत्रकाहरुलाई समावेश गर्ने कुरा कति भएको छ यसको समिक्षा गर्दा देखाउने कुरामा भईरहेको छ भन्दा पनि परिणाममुखी ढङगबाट जानुपर्छ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments