26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठजनसम्पर्क समिति कुवेतको आयोजनाको जागरण अभियानको तयारी पुरा

जनसम्पर्क समिति कुवेतको आयोजनाको जागरण अभियानको तयारी पुरा

आर डि क्रीएशन/२३ जुन, कुवेत। नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेत शाखाले आउदो शुक्रबार आयोजना गर्न लागेको राष्ट्रिय जागरण अभियानको तयारी पूरा भएको समितिका कोषाध्यक्ष इन्द्र पौडेल “कृष्ण” ले आर डि क्रीएशन अन्लाईन डटकमलाई जानकारी दिएका छन।

कांग्रेस केन्द्रिय कार्यालयको निर्देशनानुसार देशका ७७ वटै जिल्ला र बिदेशका ३३ शाखाले राष्ट्रिय जागरण अभियान धुमधामका साथ मनाइरहेका बेला कुवेत शाखाले पनि उक्त अभियानलाई प्राथमिकताका साथ मनाउन लागेको बताएको छ।

शुक्रबार उपसभापति माधब शर्माको सभापतित्वमा फर्वानियास्थित संगठन प्रमुख ज्ञान बहादुर खड्काको निवासमा बसेको समितिको बैठकले जिलिबको पपिन्स हलमा सो जागरण अभियान कार्यक्रमलाई धुमधामका साथ मनाउने तयारी पूरा भएको समितिले जनाएको छ।

साथै नेपाली जनसम्पर्क समिति कुवेतले अाउदो अगस्त १६ तारिख शुक्रबारका दिन नेपालबाट पाल्नुहुने प्रमुख अतिथिको साथमा तेश्रो अधिवेशन गर्ने बताएको छ। जनसम्पर्क समिति कुवेतले नयाँ सदस्यतापत्र वितरणको सम्पुर्ण विवरण पनि सोही अधिवेशनको दिन बुझाउने जानकारी दिएको छ।

तपशिल :

- Advertisement -

मिति : २८ जुन २०१९
समय : दिउँसो २ बजे
स्थान : पपिन्स हल जिलिब
आयोजक : नेपाली जनसम्पर्क समिति कुवेत।

विजय धामी
विजय धामीhttps://news.kuwait-nepal.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments