26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishछुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु, तीन जना घाइते

छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु, तीन जना घाइते

चितवन जिल्लाका छुट्टाछुट्टै दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा पर्साको सकुहवा प्रसौनी गाउँपालिका–२ बस्ने अन्दाजी २५ वर्षीय लालबाबु पासवान रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार भरतपुर महानगरपालिका–४ सापकोटा चोक नजिक बाप्र ०६–००१ च ०३४९ नम्बरको कारले पैदलयात्री पासवानलाई ठक्कर दिएको थियो। आज बिहान कारको ठक्करबाट घाइते पासवानको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो।  कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

यस्तै रत्ननगर नगरपालिका–६ दाराहात्ती चोकमा जङ्गल सफारी गरिरहेको जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। ना४च ३३५५ नम्बरको जीप आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा जीपमा सवार तीन जना घाइते भएका हुन्।  

खनालका अनुसार जीपमा सवार अन्य सात जना सकुशल रहेका छन्।  घाइते तीनै जनाको अवस्था खतरामुक्त रहेको उहाँले बताउनुभयो।  जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

- Advertisement -

प्रकाशित: १ वैशाख २०८२ १२:०२ सोमबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments