29.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियकालीकोट कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

कालीकोट कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी


कालीकोट : जिल्ला कारागार कालीकोटमा क्षमताभन्दा तेब्बर कैदीबन्दी बस्दै आएका छन्। जिल्ला कारागारमा २२ जनाको क्षमता भए पनि अहिले ५२ जना कैदीबन्दी रहेका हुन्।

जिल्ला कारागारको क्षमता १५ जना पुरुष र सात जना महिला गरी २२ जनाको हो। कारागारमा क्षमताभन्दा कैदीबन्दी कारागारमा राखिएको जिल्ला कारागार कार्यालयका प्रमुख जेलर मानबहादुर विकले बताए। “भवन पनि पुरानो छ। भूकम्प आएको खण्डमा कैदीको जीवन निकै जोखिममा छ,” उनले भने, “पुरानो भवन त्यसैमा साँघुरो भएकाले बैदीबन्दीको जीवन थप कष्टकर भइरहेको छ।”

जिल्ला कारागारको नयाँ भवन निर्माणका लागि एक पटक बजेटको व्यवस्थापन भएको र  कैदीबन्दी राख्ने अर्को कुनै विकल्प नभएकाले पुरानो भवन भत्काउने अवस्था नभएको जेलर विकले बताए। “बजेट एक करोड रुपैयाँ फिर्ता गयो,” उनले भने, “कारागारभित्रको माथिल्लो क्षेत्र निकै भिरालो भएकाले कटान गरेर मैदान बनाउन धेरै बजेट लाग्ने भयो।”

- Advertisement -

जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले प्रदेशले कारागार बनाउनका लागि डीपीआर बनाएको आफूले जानकारी पाएको बताए।

“ठाउँ अभाव भएको विषयमा पनि छलफल भएको र कैदीलाई कतै सारेर भए पनि भवन बनाउने विषयमा छलफल भइरहेको छ,” उनले भने, “क्षमता कमको कैदीबन्दी बढी राख्नु पर्दा व्यवस्थापनमा समेत निकै समस्या हुने गरेको छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments