20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियओलीलाई रावलको प्रश्न: सात बुँदेको सुशासन कुन दराजमा धुलोले ढाकिएको छ ?

ओलीलाई रावलको प्रश्न: सात बुँदेको सुशासन कुन दराजमा धुलोले ढाकिएको छ ?


काठमाडौँ : मातृभूमि जागरण अभियानका संयोजक डा.भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सात बुँदे सहमतिमा लेखिएको सुशासन कुन दराजमा धुलोले ढाकिएको छ भन्दै प्रश्न गरेका छन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै रावलले प्रधानमन्त्री ओलीलाई सात बुँदे सहमतिमा लेखिएको सुशासन कुन दराजमा धुलोले ढाकिएको छ भन्दै प्रश्न गरेका हुन्।

उनले लेखेका छन्,’संविधान र सर्वोच्च अदालतको आदेश उल्लङ्घन गर्दै एक पटक समेत गरी दुई पटक निहित स्वार्थमा प्रतिनिधिसभा विघटन गरेर कम्युनिष्ट पार्टी र जनताको आकाङ्क्षामा तुषारापात गर्ने प्र.म. के.पी. ओली कुशासनको आफ्नो भक्त गभर्नर नियुक्त गर्न ६५ वर्षको मापदण्ड हटाउने निर्णयलाई अदालतले रोकेको छ। कानून र लोकतान्त्रिक मान्यता मिच्ने सरकारका प्र.म. को सात बुँदे सहमतिमा लेखिएको सुशासन कुन दराजमा धुलोले ढाकिएको छ ?’

- Advertisement -

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

+1

0

+1

0

+1

0

+1

0

+1

0

+1

0

Facebook Twitter Email




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments