20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishअहिलेका प्रहरी प्रमुख एमालेको युवा सङ्घको सहअध्यक्ष रहेछन् : लिङ्देन

अहिलेका प्रहरी प्रमुख एमालेको युवा सङ्घको सहअध्यक्ष रहेछन् : लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेका प्रहरी प्रमुख नेकपा (एमाले)को युवा सङ्घको सहअध्यक्ष रहेको दाबी गरेका छन्।

मङ्गलबार (आज) काठमाडौंको बल्खुमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

गत चैत १५ गतेको आन्दोलनको प्रसङ्ग कोट्याउँदै उनले भने, ‘गृहमन्त्रीले आदेश दिए होलान्, प्रहरी चले होलान् भनेको त अहिलेको प्रहरी प्रमुख त एमालेको युवा सङ्घको सहअध्यक्ष पो रहेछ, ले हेर्नुस् त। ए हामीले भेटेका अश्रुयग्यासका खोस्टाहरू दुर्गा प्रसाईंले हानेका हुन्। त्यो प्रहरी प्रमुख हामीले हानेको अश्रुग्यास कसरी डेट-एक्पाइरी हुन सक्छ भन्छ लाजैबिना,’ उनले भने।

उनले प्रहरी प्रहरी भएर बस्नुपर्ने बताए। ‘प्रहरी राजनीतिक दलको भातृसङ्गठन बस्ने होइन, प्रहरी प्रहरी भएर बसोस्,’ उनले भने।

- Advertisement -

प्रकाशित: २६ चैत्र २०८१ १५:१९ मंगलबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments