29.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishअस्मिता अधिकारी र महेश काफ्लेले कसे लगनगाँठो

अस्मिता अधिकारी र महेश काफ्लेले कसे लगनगाँठो

गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले विवाह बन्धनमा बाँधिएका छन् । केही समयदेखिको प्रेम सम्वन्धलाई उनीहरुले विवाहको रुप दिएका हुन् ।

अहिले राजधानीको कार्की ब्यांक्वेटमा वैवाहिक समारोह चलिरहेको छ। विवाहमा दुवै पक्षका आफन्त, साथीभाइ र संगीत क्षेत्रका केही व्यक्तिहरु सहभागी छन् ।

केही दिनदेखि हल्दी मेहेन्दी समारोह चलिरहेको थियो । उनीहरु हल्दी मेहेन्दी समारोहमा रमाइरहेका भिडियोहरु सामाजिक सञ्जालमा देख्न सकिन्छ।

गत असारमा उनीहरुले दुबईस्थित संसारको अग्लो टावर ‘बुर्ज खलिफा’मा इन्गेजमेन्ट गरेका थिए । यी दुईले केही गीतमा सहकार्य समेत गरेका छन् । कतिपय कन्सर्टमा एकसाथ प्रस्तुति पनि दिएका छन् ।

- Advertisement -

अस्मिता र महेश अहिले रुचाइएका संगीतकर्मीमध्ये पर्छन् ।

प्रकाशित: २२ फाल्गुन २०८१ १५:०९ बिहीबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments