23.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishअर्घाखाँचीको मालारानीमा जिप दुर्घटना, चालकको मृत्यु

अर्घाखाँचीको मालारानीमा जिप दुर्घटना, चालकको मृत्यु

अर्घाखाँचीको मालारानी गाउँपालिकामा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

मालारानी गाउँपालिका-२, कुभिन्डेमा बुटवलबाट आउँदै गरेको लु १ ज ४२२६ नम्बरको जिप दुर्घटना हुँदा मालारानी गाउँपालिका-२ का ५१ वर्षीय कृष्णलाल मरासिनीको मृत्यु भएको इलाका प्रहरी कार्यालय खनले जनाएको छ।

मरासिनी सोही गाडीका चालक हुन्। सडकबाट करिब ४ सय मिटर तल खसेको जिप छेदविच्छेद भएको थियो। गम्भीर घाइते भएका मरासिनिलाई गुल्मी जिल्ला अस्पताल लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।

सबै यात्रुलाई छोडेर चालक मरासिनी एक्लै ढाँडाचौरस्थित आफ्नो घर तर्फ जाँदै गर्दा जिप दुर्घटना भएको र घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय खनका प्रमुख जगन्नाथ मरासिनीले जानकारी दिए।

- Advertisement -

प्रकाशित: २१ फाल्गुन २०८१ १९:०१ बुधबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments