
काठमाडौं : अमेरिकाले थप ५ जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा अमेरिका बस्दै आएका ती नेपालीहरूलाई अमेरिकी अध्यागमनले निष्कासन गरेको हो।
निष्कासनमा पर्नेमा वाग्ले, मल्ल, भट्टराई, ओली र ढकाल थरीका एक-एक जना रहेका छन्। स्रोतका अनुसार वाग्लेलाई टर्किस एयरलायन्स र बाँकी चार जनालाई एयर इन्डियाको विमानबाट नेपाल फर्काइएको हो। उनीहरू यसै साता काठमाडौंमा ओर्लिएका थिए।


‘गैरकानुनी रूपमा अमेरिकामा बसेर त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई नेपाल डीपोर्ट गरिएको रहेछ। अमेरिकाले अवैध नेपालीहरूलाई फर्काउने क्रम जारी राखेको छ,’ स्रोतले भन्यो।

त्यसअघि अमेरिकाले ८ जना नेपालीलाई निष्कासन गरेको थियो। निष्कासनमा पर्नेमा बुढा, पुन, सेन, चौधरी, खड्का, सुवेदी, पुन मगर, पाठक थरका एक-एक जना रहेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो





