20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियअब चाहिँ शिक्षकहरूको रमिता बढी भयो : रामकुमारी झाँक्री

अब चाहिँ शिक्षकहरूको रमिता बढी भयो : रामकुमारी झाँक्री


काठमाडौं : नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीले आन्दोलनरत शिक्षकहरूलाई सडक छाडेर विद्यालयमा फर्कन आग्रह गरेकी छन्।

आज सामाजिक सञ्जालमार्फत झाक्रीले विद्यालय फर्केर आफ्नो जिम्मेवारी बहन गर्न शिक्षकहरूलाई आग्रह गरेकी हुन्। उनले ऐन आउँछ भनेर सरकारले प्रतिबद्धता जनाएको बताउँदै विधेयक समितिमा दफावार छलफलमा रहेको उल्लेख गरिन्।

विधेयक संशोधनसहित पास हुने भएकाले पनि छलफलले समय लिएको उनले बताइन्। उनले अब विधेयक समितिबाट पास हुने प्रक्रिया रहेको, समितिले पास गरेपछि हाउसमा जाने बताएकी छन्।

- Advertisement -

उनले लेखेकी छन्, ‘ऐन आउँछ भनेर सरकारले प्रतिबद्धता जनाएको छ। सरोकारवाला सबैको चासो पनि छ।शिक्षकहरूले यतिसम्म ध्यानाकर्षण गराउनु ठीकै हो। किन भने ऐन पहिले नै आउनुपर्ने थियो, आउन सकेन। अब आउँछ। विधेयक समितीमा दफावार छलफलमा छ। विधेयक संशोधनसहित पास हुने भएकोले पनि छलफलले समय लिएको हो। अब भने विधेयक समितिबाट पास हुने  प्रक्रिया छ। समितिले पास गरेपछि हाउसमा जान्छ। सरकारको प्रतिबद्धता छ, यो अधिवेशनमा ऐन आउँछ।’

यस्तै नेतृ झाँक्रीले विधेयक पास गर्ने संसद र सरकारको आफ्नो कानुनले निर्धारण गरेको प्रक्रिया हुँदैन? के सडकको रमितामा पुगेका सांसद, पूर्वमन्त्री, पूर्वप्रम र नेताहरूले सडकबाटै ऐन पास गर्दिनुहुने रहेछ? भन्दै शिक्षकहरूलाई प्रश्न समेत गरेकी छन्। राज्यको तलव खाएका शिक्षक कर्मचारीले समितिमा दफावार छलफलमा रहेको विधेयक पास नभइ फर्कन्नौँ भन्न नमिल्ने उनको भनाइ छ।

उनले भनिन्, ‘विधेयक पास गर्ने संसद र सरकारको आफ्नो कानुनले निर्धारण गरेको प्रक्रिया हुँदैन? के सडकको रमितामा पुगेका सांसद, पूर्वमन्त्री, पूर्वप्रम र नेताहरूले सडकबाटै ऐन पास गर्दिनुहुने रहेछ? समितिमा दफावार छलफलमा रहेको विधेयक पास नभई फर्कन्नौँ भन्न मिल्छ? राज्यको तलव खाएका शिक्षक कर्मचारीले? भर्नाको बेला विधालय बन्द गरेर लाखौँ विधार्थीको भविष्य अन्यौल बनाउन मिल्छ? निजी स्कूलले धमाधम भर्ना गरेर कक्षा चलाउन लागिसकेका छन्। यहाँहरूले पढाएका कयौ विधालयको BLE को रिजल्ट सून्य छ। के यो विषयमा चिन्चित हुनहुन्छ? आगामी दिनमा सुधार्न के गर्नुपर्छ भनेर कतै छलफलमा रूचि देखाउनु भएको छ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments