17.1 C
Kathmandu
Saturday, May 2, 2026
spot_img
Homeअन्तर्राष्ट्रियमाधव र बाबुरामविरुद्धको सुनुवाइ सकियो, आजै आदेश आउने सम्भावना « News of...

माधव र बाबुरामविरुद्धको सुनुवाइ सकियो, आजै आदेश आउने सम्भावना « News of Nepal


काठमाडौँ।

काठमाडौँको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईमाथि मुद्दा चलाउन माग दाबी गरिएको रिटमाथि सुनुवाइ सकिएको छ ।

बिहीबार न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा उक्त रिटमाथि सुनुवाइ भएको हो ।

सुनुवाइ सकिएकाले सम्भवतः फैसला बिहीबारै आउने सम्भावना रहेको बताइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्री नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले उक्त निर्णय बदरको माग गर्दै रिट दायर गरेका थिए ।

- Advertisement -




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments