19.1 C
Kathmandu
Wednesday, April 29, 2026
spot_img
Homeगृहपृष्ठजापानले हेल्थ केयरमा २० हजार नेपालीलाई लैजाने  « News of Nepal

जापानले हेल्थ केयरमा २० हजार नेपालीलाई लैजाने  « News of Nepal

काठमाडौँ।

 जापानले हेल्थ केयरमा २० हजार नेपालीलाई लैजाने भएको छ। नेपाल र जापानका कम्पनीहरूले संयुक्त रूपमा सोमबार काठमाडौँमा एक कार्यक्रम आयोजना गरी ‘नेपाल-जापान सेवा आदान-प्रदान कार्यक्रम’अन्तर्गत २० हजार केयर गिभरलाई लैजाने घोषणा गरेको हो।

कार्यक्रमलाई प्रभावकारी बनाउन जापानका जेन्काउ रिसर्च इन्स्टिच्युटका, कोजाइ कोसन कर्पोरेसन प्रोग्रेसिभ स्टाफ एजेन्सी र नेपालका काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स, सन एन्ड कम्पनी प्रालि र सान्दिपनी ग्रुप अफ एजुकेसनका प्रतिनिधिहरूले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। 

स्वास्थ्य सेवाका क्षेत्रमा जापानमा कामदार आवश्यक रहेकाले नेपालीलाई दक्ष बनाउँदै जापानको रोजगारीमा अवसर सिर्जना गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको सन्दिपनी ग्रुप अफ कम्पनीका कार्यकारी निर्देशक नरेश ओझाले जानकारी दिए। जापानको स्वास्थ्य सेवा क्षेत्रमा नेपालबाट पठाउने काम सन्दिपनीले गर्नेछ।

- Advertisement -

१८ वर्षदेखि ४५ वर्षसम्मका व्यक्ति जापानको यस्तो रोजगारीमा जान योग्य हुनेछन्। जापानको केयरगिभिङ क्षेत्रमा जान चाहने नेपालीका लागि नर्सिङ विषयको अध्ययन अनिवार्य गरिएको छैन। जापानी भाषाको आधारभूत ज्ञान एन-फोर लेभलको भाषा परीक्षा उत्तीर्ण गरी तोकिएको सीप परीक्षणमा पास गरेका नेपालीहरू जापानको केयरगिभिङ क्षेत्रमा जान पाउनेछन्। भाषा परीक्षा र सीप परीक्षणमा उत्तीर्ण भएकाहरूलाई अन्तर्वार्तामार्फत जापानी कम्पनीले छनौट गर्ने पीएसएसका कार्यकारी निर्देशक चिजो मासुदाले बताए। यसरी छानिएकाहरूलाई नेपालमा नै केयरगिभरका लागि आवश्यक सूचनाप्रविधि र एआईलगायतका तालिम प्रदान गरिनेछ।

यसरी छानिएका नेपाली केयरगिभरलाई जापानी कम्पनी पीएसएस खाइगोले जापानका विभिन्न स्थानमा रोजगारी दिनेछ। जापानमा केयरगिभरको काम गर्नेहरूले मासिक दुई लाख जापानी येनसम्म आम्दानी गर्न सक्ने जानकारी दिइएको छ।

कार्यक्रमले नेपालीहरूलाई जापानको रोजगारी मात्र नभएर नेपाली युवाहरूलाई अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा तालिम पनि प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको सान्दिपनीका कार्यकारी निर्देशक ओझाले जानकारी दिए।

यसरी जापान जानेहरूले तीनदेखि पाँच वर्षसम्म रोजगारीको अवसर पाउनेछन्। त्यसपछि नेपाल फर्कन उनीहरूलाई प्रोत्साहन गरिनेछ। ‘जापानमा केयरगिभरको काम गरी नेपाल फर्किएका युवालाई नेपालमा नै केयरगिभिङ सेन्टर स्थापना गर्न प्रोत्साहन गरिनेछ,’ जापानमा विभिन्न कम्पनीहरूलाई कामदार उपलब्ध गराउँदै आएको ओझाले भने।

यस कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवामा उपयोग हुने जापानमा विकसित उपकरणको उपयोगिता बढाउने पनि लक्ष्य राखिएको छ।

सन्दिपनी ग्रुप अफ कम्पनीजले कार्यक्रमले नेपाली युवाहरूको पेशागत विकास, अन्तर्राष्ट्रिय अनुभव, र नेपाल-जापान सम्बन्ध विस्तारका लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरेको छ।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments