20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियतेश्रो अधिवेशन नेपाली प्रवासी ट्याक्सी व्यावसायी संघ कुवेत

तेश्रो अधिवेशन नेपाली प्रवासी ट्याक्सी व्यावसायी संघ कुवेत

राम्रो दृष्टि २१ नोभेम्बर २०२१ नेपाली प्रवासी ट्याक्सी व्यावसायी संघ कुवेतले आफ्नो तेश्रो अधिवेशन यहि ३१ डिसेम्बर २०२१ शुक्रबारको दिन गर्ने भएको छ । संघको तेश्रो अधिवेशन आयोजक समितिका संयोजक मनिष के.सी. जानकारी गराएका छन् । संघको तेश्रो अधिवेशन कुवेतको खेतान शहर स्थित राजधानी रेष्टुरेन्टको सभाहलमा कुवेतका लागि नेपाली राजदूत महामहिम दूर्गा प्रसाद भण्डारीको प्रमुख अतिथ्यतामा विविध सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न गर्न लागिएको हो ।

“नेपालीहरूको सेवामा समर्पित” भन्ने मुल नाराका साथ गठन भइ कृयाशिल कुवेतमा यातायात व्यावसाय गरि बसेका नेपालीहरूको संस्था नेपाली प्रावसी ट्याक्सी व्यावसायी संघ कुवेतले नेपाली राजदूतावास कुवेत, कुवेतमा कृयाशिल संघ संस्था, पत्रकार, वुद्दिजीवि, सामाजिक अभियन्ता, खेलाडी, कलाकार लगायत कुवेतमा श्रम गरि बस्ने सर्वसाधारण नेपाली दाजुभाइ दिदीबहिनीहरूको रोहबरमा कुवेतमा यातायात व्यावसाय गर्ने व्यावसायीहरू बिच भव्य रूपमा तेश्रो अधिवेशन गर्न लागेको हो ।
वैदेशिक रोजगारीको क्रममा कुवेतमा आएर विभिन्न किसिमले पीडित बनेका नेपालीहरूको सहयोगमा लागि पर्दै आएको यस “नेपाली प्रवासी ट्याक्सी व्यावसायी संघ”ले कुवेतमा कृयाशिल अन्य संघसंसथाहरूसँग हातेमालो र सहकार्य गर्दै आएको छ । तेश्रो अधिवेशन भव्य सभ्य रूपमा सम्पन्न गर्नको लागि नेपाली राजदूतावास, एनआरएनए लगायत सम्पुर्ण संघ संस्थाका पदाधिकारी, पत्रकार, बुद्धिजीवि, सामाजिक अभियन्ता सबैलाइ आधिकारिक निमन्त्रणा पठाउने जनाउदै यदि आधिकारिक पत्र प्राप्त नभएमा पनि यसै समाचारलाइ आधार मानी अधिवेशन समारोहमा उपस्थिति जनाउनु हुन अनुरोध गर्दै उक्त दिन अन्य कुनै पनि संघ सस्थाले कार्यक्रम नजुधाइ दिनु हुन पनि संघले अनुरोध गरेको छ ।
कार्यक्रमको विवरणः
मितिः ३१ डिसेम्बर २०२१ शुक्रबार ।
स्थानः राजधानी रेष्टुरेन्टको हल खैतान ।
समयः दिनको ठिक ११ बजे ।

विजय धामी
विजय धामीhttps://news.kuwait-nepal.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments