20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठसुम्हात्लुङ टाइम्स डट कमले फिदिममा मनायो दोस्रो वार्षिकोत्सव

सुम्हात्लुङ टाइम्स डट कमले फिदिममा मनायो दोस्रो वार्षिकोत्सव


पाँचथर। फिदिमबाट सञ्चालित अनलाइन सञ्चारमाध्यम सुम्हात्लुङ टाइम्स डट कमले आफ्नो दोस्रो वार्षिकोत्सव फिदिममा भव्य रूपमा मनाएको छ। पत्रकार महासंघ पाँचथरको सभाहलमा बिहीबार आयोजित विशेष कार्यक्रममा वार्षिकोत्सव मनाइएको हो।

यस अवसरमा सुम्हात्लुङ टाइम्स म्यागजिन को नयाँ संस्करण पनि सार्वजनिक गरिएको छ। म्यागजिनको प्रकाशन गत वर्षदेखि निरन्तर जारी छ।

कार्यक्रमका प्रमुख अतिथि फिदिम नगरपालिकाका नगरप्रमुख मित्रप्रसाद काफ्ले थिए भने कार्यक्रमको अध्यक्षता माङगेना मिडिया प्रालीका अध्यक्ष सन्देश सुब्बाले गरेका थिए।

- Advertisement -

कार्यक्रममा पत्रकार महासंघ पाँचथरका निवर्तमान अध्यक्ष गिरिराज बाँस्कोटा, फोटोपत्रकार महासंघका अध्यक्ष भवानी तावा, पत्रकार महासंघका पूर्व अध्यक्ष लक्ष्मी गौतम, याक्थुङ लेखक संघका महासचिव मधु केरुङ, किरात याक्थुङ चुम्लुङका अध्यक्ष सुरेन्द्र शिशिर केरुङ, पत्रकार महासंघ पाँचथरका पूर्व अध्यक्ष प्रेम ओझा, वर्तमान अध्यक्ष भीमकुमार बाँस्कोटा र महासंघका केन्द्रिय सदस्य लवदेव ढुंगानाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको विशेष आकर्षण थियो ‘सुम्हात्लुङ टाइम्स अनलाइन पत्रकारिता पुरस्कार–२०८१’ को वितरण। यस पुरस्कारबाट पत्रकार जिपी अधिकारीलाई सम्मान गरिएको थियो। सम्मानपत्रसहित पाँच हजार रुपैंयाँ राशीको यो पुरस्कार प्रमुख अतिथि नगरप्रमुख मित्रप्रसाद काफ्लेले दोसल्ला ओढाएर अधिकारीलाई प्रदान गरेका थिए भने माङ्गेन्ना मिडिया प्रा.लि.का अध्यक्ष सन्देश सुब्बाले नगद रकम हस्तान्तरण गरेका थिए।

कार्यक्रममा वक्ताहरूले सुम्हात्लुङ टाइम्स डट कमले पूर्वी पहाडी क्षेत्रका स्थानीय समाचारहरूलाई नियमित र गुणस्तरीय रूपमा प्रकाशन गर्दै आएकोमा प्रशंसा गरेका थिए। साथै, यसले डिजिटल सञ्चारको माध्यमबाट जनसमुदायसँग निरन्तर सम्पर्क राख्दै आएकाे उल्लेख गरे।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments